संकटमा सहयाेग

कुवँरको सक्रियतामा निसी, भूजी, तमान र बडिगाडमा १६ लाख बढीको स्वास्थ्य सामग्री वितरण

कुवँरको सक्रियतामा निसी, भूजी, तमान र बडिगाडमा १६ लाख बढीको स्वास्थ्य सामग्री वितरण

  • जेठ ३०, २०७८ आइतवार
  • १५:४५:४५ बजे
  • 5.4K
    SHARES
  • कुवँरको सक्रियतामा निसी, भूजी, तमान र बडिगाडमा १६ लाख बढीको स्वास्थ्य सामग्री वितरण

    बुर्तिबाङ : कर्मफ्लाइट्स फाउन्डेशनले कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न स्वास्थ्य संस्थालाई १६ लाख मुल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गर्न सुरु गरेको छ । कर्मफ्लाइट्स फाउन्डेशन पोखराका कार्यक्रम निर्दशक प्रेम कुवँरको सक्रियतामा संस्थाको तर्फदेखि पश्चिम बागलुङका चार पालिका सहित रुकुम पूर्वका स्वास्थ्य संस्थासम्मलाई स्वास्थ्य सामग्री वितरण अभियान सुरु गरिएको हो । 

    कोरोना संक्रमणको प्रभाव यस क्षेत्रमा बढि परेको र यसलाई कम गर्न स्वास्थ्यकर्मीको आग्रह र स्वास्थ्य संस्थामा अति आवश्यक रहेका स्वास्थ्य सामग्री  खरिद गरेर हस्तान्त्रण गर्न थालिएको कुँवरले बताए । उनका अनुसार  आफुहरुले १६ लाख ८ हजार २ सय ५८ रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्त्रण गर्न थालिएको भन्दै हालसम्म ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिकाका विभिन्न स्वास्थ्य केन्द्रमा सामग्री पु¥याइएको बताए । 

    जस अनुसार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुती अप्रेशनका लागि आवश्यक पर्ने कोट्री मेशिन १ थानसहित अटोकेल्प १ सेट, सर्जिकल ग्लोब्स २५ व्याकेट, स्टिम पट २५ सेट, फेस माक्स १० प्याकेट गरी कुल १ लाख ५९ हजार ९ सय ७५ मूल्य बराबरको स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरिएको कुुँवरले जानकारी दिए । त्यसैगरी निसीखोला गाउँपालिकाका ७ वटा स्वास्थ्य केन्द्र र एक कोभिड अस्तपालमा गरी कुल ९ लाख ५४ हजार ८ सय ५० रुपैयाँ मूल्यको स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको छ ।

    ४ सेट अक्सिजन कन्सन्टेटर मेशिन सहित कोभिड १९ रोकथाममा प्रयोग गरीने स्वास्थ सामग्री हस्तान्त्रण गरिएको हो । तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा ८१ हजार रुपैयाँ मूल्य बराबरको एक एक सेट कन्सन्टेटर मेशिन सहित ग्लोवस, माक्स, अक्सोमिटर लगाएतका स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरिएको छ । त्यसैगरी छिमेकी जिल्ला पूर्वी रुकुममा समेत ३ लाख ३० मुल्य बरावरको स्वास्थ्य सामग्री हस्तान्त्रण गर्ने तयारी रहेको कुँवरले जनाकारी दिए ।

    त्यहाँ पनि दुई सेट कन्सन्टेटर मेशिन, ग्लोव्स, माक्स लगाएतका स्वास्थ्य सामग्री हस्तान्त्रण गरीने कर्मफ्लाइट्स फाउन्डेशनका कार्यक्रम निर्दशक कुवँरले बागलुङ पोस्टलाई जानकारी दिए । निसीखोला गाउँपालिका २ अर्नाकोट देउरालीमा जन्म लिई पोखरालाई कर्मथलो बनाएका कुवँरले आफ्नो गाउँठाउँमा खानेपानी, शिक्षा, स्वास्थ्य, चेतना लगाएतका विभिन्न कार्यक्रम गर्दै आएका छन् । 

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य सामग्री वितरण

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार