गलकोट : बागलुङको गलकोटमा शनिबार राति एक घर तोडफोड गरि चोरी भएको छ । गलकोट नगरपालिका वडा नम्बर ६ चरौंदी चुत्रेनीका स्थानीय लाल बहादुर खत्रीको घर तोडफोड गरि चोरी भएको प्रहरी चौकी हटियाले जनाएको छ । ‘शनिबार चरौंदीबाट आमा पोखरा जानुभयो, हामी त्यहि गाडिमा बेलुका करिब पौने ९ बजे आयौं’ खत्रीले भने,
‘सबारीमा पोखराबाट आउँदा थकित भएकोले नजिकैकी छिमेकी मिना खत्रीलाई खाना बनाउन भनेर खाना खान गएको समयमा घर तोडफेड गरि चोरी भयो ।’ खत्रीका अनुसार करिब राति सवा नौं बजे खाना खान गई करिब पौने ११ बजे आउदा चोरी भएको हो । घरतोडफोड गरि १ तोला सुनको मगंल सुत्र, १ जोडि सुनको झुम्का, आईफोन १२ प्रो म्याक्स र मोबाईल ब्याकअप १ ओटा र
नगद जापानीज ऐन २४ हजार, नेपाली १० हजार, क्यू एण्ड क्यू घडि १ ओटा लगाएतका सामग्री चोरी भएको खत्रीको भनाई छ । खत्रीका अनुसार सामान तथा नगद गरि करिब ४ लाख बराबरको चोरी भएको छ । घरका पछाडिको च्यानलगेटबाट चाबी फोडेर घर भित्र पसेको चोरले पहिलो तलाको एक कोठाको चाबी फाडेको छ ।
भने दुई ओटा कोठामा रहेका सबै झोला, सुटकेस खोलेर चोरी गरेको प्रहरी चौकी हटियाले जनाएको छ । चोरी गर्ने क्रममा प्रयोग गरिएको रड, २ ओटा चाबी र खेतमा रहेको चप्पल बरामत गरिएको प्रहरीको भनाई छ ।
त्यस्तै चोरीको आशंकामा स्थानीय १ युवालाई समेत नियन्त्रणमा लिएको प्रहरीको चौकी हटियाका प्रमुख प्रहरी नायब निरीक्षक बाबुराम पूरीले जानकारी दिए । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घनश्याम गौतम गलकोट एफएम