गाउँघर र खेतबारीमै पुगेर स्थानीयलाई भेट्दै गलकोटका जनप्रतिनिधि

गाउँघर र खेतबारीमै पुगेर स्थानीयलाई भेट्दै गलकोटका जनप्रतिनिधि

  • पौष ४, २०७७ शनिवार
  • २०:४२:४२ बजे
  • 6.7K
    SHARES
  • गाउँघर र खेतबारीमै पुगेर स्थानीयलाई भेट्दै गलकोटका जनप्रतिनिधि

    ईश्वर सुवेदी

    बागलुङ : जिल्लाको गलकोट नगरपालिकाले नगरपालिकाको

    मुकाम तथा जनप्रतिनिधीसंग प्रत्यक्ष रुपमा सम्पर्कमा आउन नसकेका समुदायमा स्थलगत भेटघाट कार्यक्रम संचालन गरेको छ ।

    गलकोट नगरपालिकाको क्षेत्र भित्र रहेर पनि पछाडि

    परेका समुदायसंग प्रत्यक्ष भेटेर उनीहरुको समस्यालाई समाधान गर्ने उद्देश्य अनुरुप नागरिकसंग नगरप्रमुख कार्यक्रम संचालन गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए । 

    उनले समुदाय स्तरमा लुकेका तथा अदृश्य रुपमा रहेका आम नागरिकका समस्या बुझ्ने तथा समस्या हरुको पहिचान गरि समाधान गर्ने उद्धेश्य अनुरुप नागरिकसंग नगर प्रमुख कार्यक्रम संचालन गरिएको बताए  ।

    Galkot 1.jpg

    ‘सामान्य नागरिकको पहुँचमा स्थानीय सरकारको सेवा उपलब्ध गराउने महत्वपूर्ण लक्ष्य अनुसार कार्यक्रम शुरुवात गरिएको हो,’ नगरप्रमुख गैरेले भने,‘कार्यक्रम मार्फत नगरको पहुँचमा नभएका नागरिकलाई नगरसंग जोड्न र समस्या समाधानमा टेवा पुग्नेछ ।’

    गलकोट नगरपालिकाको सबै नागरिकले सेवा लिने क्रममा कतिपय नागरिक प्रत्यक्ष रुपमा जनप्रतिनिधीसंग भेटघाट समेत नहुने, आफ्ना समस्या राख्न नसक्ने, तथा स्थानीय सरकारको अनुभुति समेत गर्न नसकेका

    नागरिकलाई उनिहरुसंग प्रत्यक्ष भेट्ने कार्यक्रमको रुपमा नागरिक संग नगरप्रमुख कार्यक्रम संचालन गरिएको गलकोट नगपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर विकले बताए ।

    Galkot 2.jpg

    नागरिकका समस्या बुझ्ने र समाधान गर्ने लक्ष्य अनुसार गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे गलकोट नगरपालिका वडा नम्वर १ र २ का विभीन्न टोल तथा बस्तीमा पुगेका छन् ।

    गलकोट नगरपालिका—१ दुदिलाभाटी स्थित पर्यटकीय स्थल काफलडाँडा हलहलेमा स्थानीय नागरिकसंग भेटघाट गरे ।

    कृषिको  राम्रो सम्भावना र उत्पादन हुदाँहुदै पनि प्रचार प्रसार तथा लगानीको अभावले पछाडि परेको ठाउँ काफलडाडा हलहलेमा त्यहाका कृषक खडक बहादुर गुरुङको कृषि फर्मको अवलोकन गदैं उनको समस्याहरु बुझेका छन् ।

    नगरप्रमुख गैरेले यस क्षेत्रको विकास तथा कृषि र कृषकका समस्याहरु समाधानको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्वता समेत व्यक्त गरे । 

    गलकोट नगरपालिका—१ को चौराहमा चौराह तारामण्डल आमा समुहको बहुद्देश्यीय सामुदायिक भवन निर्माण स्थलको समेत अवलोकन गरे ।

    galkot 3.jpg

    उत्त भवन निर्माणको लागि गलकोट नगरपालिका चालु आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरेको छ भने निर्वाचन क्षेत्र विकास कोषबाट समेत उक्त भवनको लागि १० लाख बजेट विनियोजन भएको छ ।  


    नागरिकसंग नगरप्रमुख कार्यक्रम अन्तरगत संघीय मन्त्रालयबाट सञ्चालित खानेपानी योजना अन्तरगत गलकोट नगरपालिका—२ स्थित थुम्का, मौरिया, भुङ्खानीका लागि निर्माण भएको २० हजार लिटर क्षमताको ट्याङ्की,

    पाईप लाईन समेत अवलोकन गरेको गलकोट नगरपालिकाले जनाएको छ । नगरको पुहँच बाहिरका समुदायमा

    कार्यक्रम आगामी दिनमा सञ्चालन गर्ने बताईएको छ ।

    सम्बन्धित समाचार