गलकोट : निलुवा समाज चमुवा जापानले गलकोट नगरपालिका वडा नम्बर ४ को दलित बस्ती भयरखर्क र चमुवाका विपन्न र कोभिड संक्रमित परिवारलाई खाद्यन्न सामग्री सहयोग गरेको छ ।
महामारीको कारण जारी बन्दाबन्दी र यसले गर्दा दैनिक ज्याला मजदुरी गरि आफ्नो दैनिकी चलाउँदै आएका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको हो । जापानमा गठितसामाजिक संस्था निलुवा समाज चमुवा जापनले दुःख पीडामा परेका नागरिकहरुलाई सहयोग गर्दै आएको छ । सोही अनुसार आफ्नो जन्म ठाउँमा रहेका गरिब
परिवालाई सहयोग गरेको समाजका अध्यक्ष थम बहादुर क्षेत्रीले बताए । पारिवारीक संख्याको आधारमा १ देखि २ बोरासम्म चामल, ४ केजी दाल, १ लिटर तेल, साबुन, नुन, माक्स लगायतका सामान दिइएकाे छ ।
वडाका जनप्रतिनिधि, स्थानीय बुद्धिजिबि लगायतको रोहवरमा विपन्न एवम मृतकका आफन्तहरुलाई राहत सामग्री सहयोग हस्तान्तरण गरिएको थियो ।