बरेङका १३ गरिब तथा विपन्नलाई खाद्यान्न सहयोग

बरेङका १३ गरिब तथा विपन्नलाई खाद्यान्न सहयोग

  • आषाढ ९, २०७८ बुधवार
  • ०९:१९:४६ बजे
  • 6.0K
    SHARES
  • बरेङका १३ गरिब तथा विपन्नलाई खाद्यान्न सहयोग

    बरेङ : ग्रामीण स्वास्थ्य सुधार परियोजनाले बरेङ गाँउपालिका वडा नम्बर १ का १३ घरधुरीलाईगरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । फेयरमेड फाउण्डेसनको आर्थिक सहयोग र

    बिवाईसी बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाले उपलब्ध गराएको खाद्यान्न वडा अध्यक्ष नरसेङ पुनले उनीहरुलाई हस्तान्तरण गरेका हुन् । कोरोना संक्रमणका कारण मारमा परेका

    वडा नम्बर १ का अति विपन्न तथा अपाङ्गता भएका १३ परिवारलाई चामल २५, नुन, तेल, दाल, चिनी लगायतका सामग्री वितरण गरिएको वडा अध्यक्ष पुनले बताए । परियोजनाले बरेङ गाँउपालिका भरिका

    कुल ५० गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने भएको छ । वडाले छनोट गरेको आधारमा सहयोग गरिने बताइएको छ ।


    दिपेन्द्र परियार

    उहाँ बागलुङ पोस्टको संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार