सरकारी गाडी घाँस बोक्न प्रयोग : योभन्दा लज्जास्पद विषय अरु के हुन्छ ?

सरकारी गाडी घाँस बोक्न प्रयोग : योभन्दा लज्जास्पद विषय अरु के हुन्छ ?

  • पौष ५, २०७७ आइतवार
  • ०८:३७:२१ बजे
  • 3.1K
    SHARES
  • सरकारी गाडी घाँस बोक्न प्रयोग : योभन्दा लज्जास्पद विषय अरु के हुन्छ ?

    काठमाडाैँ : कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी घाँस बोक्न प्रयोग गरिएको छ ।

    जाजरकोटबाट निर्वाचित प्रदेश सभा सांसद एवं समितिका सभापति गणेशप्रसाद सिंहले प्रयोग गर्ने गाडी शनिबार घाँस बोकेर प्रदेश राजधानी सुर्खेत तर्फ आउदै गर्दा चालक र गाडीलाई प्रहरीले पक्राउ गरेको हो ।

    कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडीले वीरेन्द्रनगर नगरपालिका ११ भेरीबाट घाँस ल्याएर आउँदै गर्दा सुब्बाकुनास्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    आफ्नो छोरालाई नेपालगञ्ज विमानस्थल पुर्याउन गाडी त्यसतर्फ गएको र आफु सुर्खेतस्थित पश्चिम बड्डिचौर भएको सभापति सिंहले बताएका छन् ।

    प्रदेश सभा संसदीय समितिको सभापतिको हैसियतमा सिंहलाई यातायात सुविधाका लागि गाडी प्रदान गरिएको भएपनि सिंहले पारिवारिक प्रयोजनमा गाडीको दुरुपयोग गरेको स्थानियबासीको गुनासो रहेको छ।

    सम्बन्धित समाचार