सुमी र विजुले जिते ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि 

सुमी र विजुले जिते ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि 

  • पौष ५, २०७७ आइतवार
  • १०:३७:३५ बजे
  • 4.2K
    SHARES
  • सुमी र विजुले जिते ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि 

    विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो डान्सिङ विथ दि

    स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् ।

    शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा

    उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् ।

    उपाधीसँगै उनीहरुले २० लाख पुरस्कार समेत प्राप्त गरेका छन् । साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरुले प्राप्त गरे । विजेतालाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए ।


    यस्तै, शोमा फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका गुरुङले प्राप्त गर्दै गर्दा सेकेन्ड रनरअप भने प्रियना आचार्य र सुभम् भुजेल बन्न सफल भएका छन् । उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

    हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रशारण हुँदै आएको थियो । उपाधि जितेपछि प्रतिस्पर्धी सुमी मोक्तानले भनिन्–‘जबसम्म मान्छेले सपना पुरा गर्न छाड्दैन, तबसम्म सफलता हात लाग्छ ।

    ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को विजेता बनेपछि मेरो करिअर नयाँ तरिकाले सुरु भएको छ ।’

    सुमीका कोरियोग्राफर पार्टनर विजु पार्कीले सबैको माया, दर्शकको साथले यो उपाधि हात पारेको बताए । उनीहरुले नगद पुरस्कार भन्दा पनि दर्शकको माया ठूलो कुरा भएको बताए ।

    यो शोमा निर्णायकको रुपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई रहेका थिए । यो शोमा १२ जना स्टार प्रतिस्पर्धीहरुको सहभागीता थियो ।

    १२ जना स्टार प्रतिस्पर्धी र उनीहरुको कोरियोग्राफर पार्टनरको डान्स प्रस्तुती दर्शकले हरेक हप्ता टेलिभिजनमा हेर्दै आएका थिए । 

    कार्यक्रममा बोल्दै हिमालय टीभीका प्रमुख धर्मराज भुसालले भने–‘कोरोना महामारीको विचमा यो शो अगाडि बढाउने वा नबढाउने दोधार हामीमा थियो ।

    तर, सबैको साथले हामी यो शो सफलतापूर्वक सम्पन्न गर्न सफल भएका छौ । हिमालय टीभीले आगामी दिनमा पनि दर्शकका लागि विश्वकै नम्बर १ रियालिटी शोहरु प्रशारण गर्दै जानेछ ।’

    यो शोको समाप्तीसँगै हिमालय टेलिभिजनले ‘दि भ्वाइस अफ नेपाल–३’ प्रशारण गर्ने तयारी गरेको छ । अहिले यो शोको डिजिटल

    अडिसन चलिरहेको छ । अनलाईनखबरबाट 

    सम्बन्धित समाचार