बागलुङ : गलकोटका एक वृद्ध असार १० गतेदेखि सम्पर्क विहीन भएका छन् । गलकोट नगपालिका वडा नम्बर ६ मका ६१ वर्षीय क्षत्रबहादुर बुढाथोकी असार १० देखि सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय
बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । असार १० गते घाँस काट्न बारीमा गएका बुढाथोकी अहलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । उनको खोजी कार्यका लागि गण्डकी प्रदेश प्रहरी पोखराको टोलीसहित तालिम प्राप्त कुकुर समेत गलकोट आएको सूचना अधिकारी हवारीले जानकारी दिए ।
शनिबारदेखि नै जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा पोखराबाट कुकुर सहितको प्रहरीको प्राविधिक टोलीले खोजी कार्य जारी राखेको बताइएको छ । पोखराबाट प्रहरी नायक निरीक्षक, जिल्ला प्रहरी कार्यलयबाट प्रहरी निरीक्षक र गलकोट प्रहरी लगायतको टोलीले बुढाथोकीको खोजिकार्यमा खटिएको छ ।
यो पनि पढ्नुहोस्
तमानका एक युवा ११ दिनदेखि वेपत्ता
तमानखोला गाउँपालिकाका एक युवा ११ दिनदेखि पोखराबाट वेपत्ता भएका छन् । वडा नम्बर ३ तमान घर भई पोखरा बसपार्क नजिकको एक स्टिल कम्पनीमा काम गर्दै आएका ३२ वर्षीय उदिम बुढा ११ दिनदेखि सम्पर्कविहीन बनेको परिवार श्रोतले जनाएको छ ।
गत असार १ गतेसम्म परिवारको सम्पर्कमा रहेका बुढा दुई गतेदेखि सम्पर्क विहीन बनेका हुन् । हिमालयन अटो इन्टिनिरीयरीङ कम्पनी पोखरामा मजदुरी गर्दै आएका उदिम असार २ गते दिउँसोदेखि आफुले काम गर्ने कम्पनीबाटै हराएको बताइएको छ । असार २ गते दिउँसोसम्म कम्पनीमा रहेको तर साँझपख कम्पनीको
आफु बस्दै आएको कोठामा मोबाईल, घडी, लत्ता कपडा सबै सामग्री राखेर जानकारी बिना भागेको कम्पनीका सञ्चालकले परिवारलाई जानकारी दिएको पाइएको छ । ११ दिनसम्म परिवार तथा कम्पनीको सम्पर्कमा नआएका वेपत्ता बुढाको परिवारले खोजी थालेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
‘पोखरामा आएर खोजी कार्य थालिएको छ तर हालसम्म फेला पार्न सकिएन उदिमकी श्रीमती सुनिता बुढाले भनिन् ।’ श्रीमानको खोजीका लागि सुनिता र उदिमका मामा पोखरामा ३ दिनदेखि छन् शनिबार तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा समेत उदिम हराएको कारण बुझ्न र खोजी कार्यलाई तीव्रता दिनका पोखरा पुगेका छन् ।