बागलुङ : कोरोना संक्रमणबाट बागलुङ थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ खोलाखेत की ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनको होम आईसोलेसनमा सोमबार विहान बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । केहि दिन अगाडी गाउँमा विवाह भोजमा सहभागी भएका ४३ जनामा एकै पटक संक्रमण पुष्टि भएको थियो ।
उनीहरु मध्ये अधिकांश होम आईसोलेसन बसेको छन् । मृतक महिलालाई कोभिडसँग निमोनियाबाट ग्रसित भएको स्वस्थ्यकर्मीको भनाई छ । योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ५३ पुगेको छ ।