समान्य विवाद हुँदा कोदालो हानेर किशोर हत्या 

समान्य विवाद हुँदा कोदालो हानेर किशोर हत्या 

  • पौष ५, २०७७ आइतवार
  • ११:२८:३१ बजे
  • 27.5K
    SHARES
  • समान्य विवाद हुँदा कोदालो हानेर किशोर हत्या 

    स्याङ्जा : सामान्य विवादकै एक व्यक्तिले कोदालो हानेर एक जनाको हत्या गरेका छन्।

    हरिनास गाउँपालिका–५ आग्रीडाँडाका ३६ वर्षीय रेशम रानाले स्थानीय १४ वर्षिय शेर बहादुर थापाको हत्या गरेका प्रहरीले जनाएको छ।

    अधिकांश समय मादक पदार्थको नसामा रहने रानाले सामान्य भनाभनमै थापालाई कोदालोले प्रहार गर्दा थापाको घटना स्थलमै मृत्यु भएको हो।

    रानालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # सामान्य विवाद

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार