श्रीमतीको स्मृतिमा मानव सेवा आश्रममा सहयोग

श्रीमतीको स्मृतिमा मानव सेवा आश्रममा सहयोग

  • आषाढ १४, २०७८ सोमवार
  • १९:१९:१४ बजे
  • 5.8K
    SHARES
  • श्रीमतीको स्मृतिमा मानव सेवा आश्रममा सहयोग

    सुवास आचार्य, बागलुङ : बागलुङ नगरपालिका वडा नम्बर ६ सिम निवासी डिल्ली प्रसाद आचार्यले आफ्नी श्रीमतीको स्मृतिमा मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न तथा नगद सहयोग गरेका छन् ।

    श्रीमती पवित्रा आचार्यको १४औं वार्षिक पुण्य तिथिको अवसर पारेर आश्रमलाई सहयोग गरेका हुन् । आचार्यले आश्रमका लागी नगद ६ हजार, चामल, दाल, नुन, तेल, आटा, चिनी लगायतका खाद्यान्न हस्तान्त्रण गरेका थिए । सहयोग ग्रहण गर्दै आश्रमकी संयोजक सुमिरा लामाले आश्रम सहयोगकै भरमा चल्दै आएको बताईन ।

    आश्रममा जन्मदिन, विवाह वार्षिकी, कुनै संघ संस्थाको स्थापना दिवस तथा अन्य कार्यहरुमा खाद्यान्न सहयोग आउने भएपनि मृतकको स्मृतिमा भने निकै कम सहयोग आउने गरेको छ ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार