लाईभ अन्तर्वार्तामै महिला पत्रकारलाई किस गरेपछि...

लाईभ अन्तर्वार्तामै महिला पत्रकारलाई किस गरेपछि...

  • आषाढ १६, २०७८ बुधवार
  • ०८:१८:०३ बजे
  • 11.2K
    SHARES
  • लाईभ अन्तर्वार्तामै महिला पत्रकारलाई किस गरेपछि...
    फाइल तस्बिर

    एजेन्सी : युक्रेनका अलेक्स्यान्द्रर जिन्चेन्को मंगलबार देशका लागि नायक बने । उनले स्विडेनविरुद्धको खेल जिताउँदै युक्रेनलाई युरोकपको क्वाटरफाइनल पु¥याउन महत्वपूर्ण भूमिका निभाए । २७ औं मिनेटमा उनले कप्तान आन्द्रे यार्मोलेन्कोको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

    तर, स्विडेनले पहिलो हाफमै बराबरी गोल फर्कायो । त्यसपछि दोस्रो हाफमा दुबै टोलीले गोलका लागि गरेका प्रयास सफल भएनन् र अतिरिक्त समयको ईन्जुरी समय अर्थात् १ सय २१ मिनेटमा जिन्चेन्कोको क्रसमा  अर्टेम डोभयकले हेड गोल गर्दै टोलीलाई विजयी बनाए । आज हामी यी स्टारको व्यक्तिगत जीवनबारे चर्चा गर्दैछौं ।

    उनकी श्रीमती भ्लाडा सेडान युक्रेनकी टिभी रिपोर्टर हुन् । दुईबीच अगस्ट २०२० मा विवाह भएको थियो । त्यसको एक वर्षअघि जिन्चेन्कोले किभस्थित ७० हजार दर्शक क्षमताको ओलम्पिक रंगशालामा सेडानलाई प्रेम प्रस्ताव गरेका थिए । जुन २०१९ मा सेडानको आफ्नो प्रेम सम्बन्धबारे जिन्केन्चोले पुष्टि गरेका थिए ।

    उक्त दिन युक्रेनले सर्बियालाई ५–० ले हराएपछि निकै हर्षित अवस्थामा रहेका जिन्चेन्कोले खेलबारे सेडानलाई लाईभ प्रतिक्रिया दिएका थिए । त्यही क्रममा लाईभमै उनले सेडानलाई किस गरे । अक्टुबर २०१९ मा पोर्चुगललाई २–१ ले हराउँदै युक्रेनले युरोकप छनोट पक्का गरेको थियो ।

    यस खेलपछि खुसी मनाउने क्रममा उनले सेडानलाई एक्कासी अंगालो हालेका थिए । अन्तर्राष्ट्रिय फुटबलमा ख्याति कमाइसकेका यी २४ वर्षीय म्यानचेस्टर सिटीबाट व्यवसाहिक फुटबल खेल्छन् । उनी आवश्यकता पर्दा विभिन्न पोजिसनबाट खेल्नसक्छन् र टोलीमा अन्य खेलाडीका लागि गोलको अवसर सिर्जना गरिदिन्छन् । 


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार