बागलुङ : बागलुङका विभिन्न शिक्षक संगठनहरुले चौथो चरणको आन्दोलन अन्तरगत पहिलो कार्यक्रम सम्पन्न गरेका छन् । नेपाल शिक्षक महासंघले गत बैशाख २० गतेदेखि चरणबद्ध रुपमा आन्दोलनका गर्दै आएकोमा बागलुङमा पनि गरिएको हो । कोभिड १९ बाट मृत्यु भएका शिक्षकहरुको
सम्झनामा बागलुङ नगरपालिका कार्यालय अगाडी दीप प्रज्वलन गरि स्मरण गरेका छन् । पछिल्लो क्रममा शिक्षकहरु सरकारी तवरबाट हेपिएको भन्दै देशैभरिका शिक्षकहरु आन्दोलित भएका हुन् । सबै सरकारी कर्मचारीलाई समान व्यवहार गर्न, निजामती कर्मचारिको सेवासुविधा बराबर शिक्षकलाइ पनि उपलब्ध
गराउन, कोभिड १९ को खोप शिक्षकलाइ उपलब्ध गराउन माग गर्दै आन्दोलन गरेको नेपाल शिक्षक महासंघ बागलुङका सदस्य ईश्वर ठाकुर पौडेलले जानकारी दिए । बागलुङ नगरपालिका अगाडि गरिएको कार्यक्रममा नगर शिक्षा अधिकृत धन प्रसाद पोख्रेललाई शिक्षकहरुले शिक्षकहरुको
मागको परिपत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका पुर्व केन्द्रिय सदस्य सान्तमणी ढकालले आन्दोलनको कार्यक्रम बारे प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल शिक्षक संघ संघीय प्रतिनिधि हुमा रिजाल, नेपाल शिक्षक संघका लक्ष्मिकान्त पौडेल, एकीकृत
अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष लोकमाया थापा, माया चालिसे लगायतले बोलेका थिए । कार्यक्रम नेपाल शिक्षक संघ बागलुङकी उपाध्यक्ष सीता शर्माको अध्यक्षता र अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य तथा शिक्षक महासंघका जिल्ला सदस्य चित्रा बहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।