यी हुन् युरोकप २०२० को क्वारटरफाईनल खेल्ने ८ टिम 

यी हुन् युरोकप २०२० को क्वारटरफाईनल खेल्ने ८ टिम 

  • आषाढ १६, २०७८ बुधवार
  • १२:२०:१६ बजे
  • 3.0K
    SHARES
  • यी हुन् युरोकप २०२० को क्वारटरफाईनल खेल्ने ८ टिम 

    एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ चरणको सबै खेल समाप्त भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । अब दुई दिन विश्रामपछि क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ ।


    राउन्ड अफ १६ बाट डेनमार्कले वेल्समाथि ४–० को फराकिलो जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । समूह ए को विजेता इटालीले अतिरिक्त समयमा लम्बिएको खेलमा अष्ट्रियालाई २–१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल रहयो ।

    समूह चरणमा शत प्रतिशत नतिजा निकालेको नेदरल्यान्ड्स भने चेक रिपब्लिकसँग स्तब्ध हुन पुग्यो । दोस्रो हाफ १० खेलाडीमा सिमित भएको डच टोलीलाई चेकले २–० ले हराएको थियो । त्यस्तै युरोकै सर्वकालीन महान खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल बेल्जियमसँग पराजित भयो । बेल्जियमले १–० को जित दर्ता गर्दै अन्तिम ८ मा पुगेको हो ।

    स्पेनले विश्वकपको उपविजेता क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै ९ वर्षपछि क्वाटरफाइनल यात्रा गरेको थियो । क्रोएसियाले ३–३ को बराबरी गरेपनि अतिरिक्त समयमा २ गोल खाँदै बाहिरिएको थियो । विश्वकप विजेता फ्रान्सको यात्रामा पनि स्विट्जरल्यान्डले पूर्णविराम लगाइदिएको थियो । एक समय ३–१ को अग्रता लिएको फ्रान्सले अन्तिम समयमा सम्हालिन नसक्दा टाइब्रेकरमा हार बेहोर्यो । फ्रान्सका युवा फरवार्ड किलीयन एमबाप्पेले पेनाल्टी चुकाएका थिए ।

    मंगलबार भएको खेलमा इंग्ल्यान्डले पहिलो पटक युरोको नकआउट चरणमा जर्मनीलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । इंग्ल्यान्डको २–० को जितमा कप्तान ह्यारी केन र रहिम स्टर्लिङले गोल गरेका थिए । राउन्ड अफ १६ को अन्तिम खेलमा युक्रेनले स्वीडेनलाई पराजित गर्दै पहिलो पटक क्वाटरफाइनलमा स्थान बनायो । अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि युक्रेन २–१ को जित हासिल गर्दै अन्तिम ८ मा पुगेको हो ।

    क्वाटरफाइनल

    शुक्रबार २ जुलाई

    ४५. स्विट्जरल्यान्ड विरुद्ध स्पेन (राति ९ः४५ बजे÷सेन्ट पिटर्सवर्ग)

    ४६. बेल्जियम विरुद्ध इटाली (राति १२ः४५ बजे÷म्युनिख)

    शनिबार ३ जुलाई

    ४७. चेक रिपब्लिक विरुद्ध डेनमार्क (राति ९ः४५ बजे÷बाकु)

    ४८. युक्रेन विरुद्ध इंग्ल्यान्ड (राति १२ः४५ बजे÷रोम)

    ४ र ५ जुलाईमा विश्राम

    सेमिफाइनल

    मंगलबार ६ जुलाई

    ४९. स्विट्जरल्यान्ड/स्पेन विरुद्ध बेल्जियम/इटाली (राति १२ः४५ बजे लन्डन)

    ५०. चेक/डेनमार्क विरुद्ध युक्रेन/इंग्ल्यान्ड (राति १२ः४५ बजे लन्डन)

    ८, ९ र १० जुलाईमा विश्राम

    फाइनल

    आइतबार ११ जुलाई

    खेल नम्वर ४९ र खेल नम्वर ५० को विजेता (राति १२ः४५ बजे÷लन्डन)

  • सम्बन्धित विषय:

  • # युरोकप २०२०
  • # क्वारटरफाईनल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार