प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

  • पौष ५, २०७७ आइतवार
  • १४:४५:५० बजे
  • 2.6K
    SHARES
  • प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।

    र, आम निर्वाचनको मितिसमेत तोकेकी छन् ।आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए ।

    संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरित भएको बताएका थिए ।

    तर, राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् ।

    उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी छन् ।

  • सम्बन्धित विषय:

  • # आमनिर्वाचन
  • # प्रतिनिधिसभा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार