बागलुङ क्षेत्र नम्बर २ मा काँग्रेसले घरघरमा पुुगेर माक्स वितरण र कोभिड सचेतना कार्यक्रम गर्दै

बागलुङ क्षेत्र नम्बर २ मा काँग्रेसले घरघरमा पुुगेर माक्स वितरण र कोभिड सचेतना कार्यक्रम गर्दै

  • आषाढ १७, २०७८ बिहिवार
  • ०९:१०:०३ बजे
  • 6.4K
    SHARES
  • बागलुङ क्षेत्र नम्बर २ मा काँग्रेसले  घरघरमा पुुगेर माक्स वितरण र कोभिड सचेतना कार्यक्रम गर्दै

    बुर्तिबाङ : नेपाली काँग्रेसको क्षेत्र नम्बर २ मा स्वास्थ्य सामग्री हस्तान्त्रण सहित नागरिक सचेतना कार्यक्रम सुरु भएको छ । कोरोना संक्रमणको दोस्रो भेरियन्ट फैलिरहेको र अन्य चरणहरु हुन सक्ने खतरालाई मध्यनजर राख्दै कांग्रेसले सचेतना कार्यक्रम गर्न थालेको हो । कुवेर ट्रस्टको सहयोग र नेपाली काँग्रेस क्षेत्र

    नम्बर २ बागलुङका सभापति दोर्णकुमार कुवँरको सक्रियतामा क्षेत्र नम्बर २ का ४८ वटै वडामा नागरिकसँग सचेतना कार्यक्रमसहित एक व्यक्ति एक माक्स वितरण तथा प्रत्येक स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री हस्तान्त्रण अभियान सुरु भएको कुवँरले जानकारी दिए । कुवेर ट्रस्टका अध्यक्ष युवा उधमी निरज राउतका पिता कुवेर राउतको स्मिृतीमा कुवेर ट्रस्टले स्वास्थ्य सामग्री वितरणका सहयोग गरेको थियो ।

    असार १५ गतेदेखि पार्टीका प्रदेश, क्षेत्र तथा वडा तहका समिति सभापतीलाई जिम्मेवारी दिइएको बताइएको छ ।
    कोभिड नियन्त्रण, व्यवस्थापन र सचेतना मुलक कार्यक्रमसँगै माक्स, सेनिटाईजर वितरण कार्यक्रमलाई अगाडी बढाइएको सभापति कुँवरले बताए । त्यसैगरी प्रत्येक स्वास्थ्य संस्थामा ५ लिटर स्यानिटाईजर, १ सेट पिपिई, ३ थान अक्सिमिटर उपलब्ध गराउने गरी सभापतिहरुलाई

    जिम्मेवारी दिइएको नेता कुवँरको भनाई छ । कोरोना संक्रमणको दोश्रो चरणमा नागरीकको जिवन रक्षाका लागि अहोरात्र खटिएको नेता कुवँरले आफ्नो पहलमा अन्य दाताहरुबाट समेत स्वास्थ्य सामग्री प्राप्त भइसकेका कारण चाँडै स्वास्थ्य संस्थामा हस्तान्त्रण गरिने बताए ।

    स्वास्थ्य सेवा विभागबाट ६ वटै पालिकामा स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको पुनः ४० लाख बढिको स्वास्थ्य सामग्री वितरण गर्ने तयारी रहेको उनको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड सचेतना कार्यक्रम

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार