खोप लगाउँदा तत्कालै गाँजा उपहार

खोप लगाउँदा तत्कालै गाँजा उपहार

  • आषाढ १८, २०७८ शुक्रवार
  • ०७:१६:३३ बजे
  • 3.3K
    SHARES
  • खोप लगाउँदा तत्कालै गाँजा उपहार

    वासिंगटन : कोरोना भाइरसविरुद्धको सबैभन्दा भरपर्दो उपचार मानिएको खोपका लागि विश्वका विभिन्न देशले पहल गरिरहेका बेला अमेरिकामा भने युवाहरुलाई आकर्षित गर्न एउटा विशेष प्रकारको कार्यक्रम नै ल्याउनु परेको छ । मध्य अप्रिलदेखि कोरोनाभाइरसविरूद्धको खोप लगाउने क्रम ओह्रालो लागेपछि

    अमेरिकी सरकारले विशेष प्रकारको कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यक्रमले खोप लगाउन अमेरिकी युवाहरु आकर्षित हुने सरकारको विश्वास छ । मानिसहरूलाई खोप लगाउन उत्प्रेरित गर्न राज्यको पैसाबाट यस्ता कार्यक्रम ल्याउन केन्द्र सरकारले नै अनुमति दिएको छ । यस्तै, पछिल्लो कार्यक्रम हो ।

    कोरोनाविरूद्धको खोप लगाउने २१ वर्ष माथिका आफ्ना नागरिकलाई एक खिल्ली गाँजा उपहार दिने घोषणा ।न्युयोर्क टाइम्सका अनुसार वासिङ्टन राज्यले कोरोनाविरूद्धको खोप लगाउने २१ वर्ष माथिका आफ्ना नागरिकलाई एक खिल्ली गाँजा उपहार दिने घोषणा गरेको छ ।

    सोमबार मात्र घोषणा भएका यो कार्यक्रमको नाम ‘जोइन्ट्स फर ज्याब्स’ राखिएको छ । यो कार्यक्रम १२ जुलाइसम्मका लागि मात्रै राखिएको छ । वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएकोमा दुवै डोप खोप लगाउनेहरू ४९ प्रतिशत छन् ।

    त्यसो त, यसअघि अन्य राज्यमा पनि खोप लगाउन प्रेरित गर्ने हेतुले विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो । खोप लगाउने व्यक्तिलाई निः शुल्क बियर, सय डलर तथा गाँजा प्रस्ताव गरिएको थियो । एरिजोना राज्यमा कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम यसअघि नै सुरू गरिएको थियो ।

    केही राज्यले विश्वविद्यालयमा छात्रवृत्ति दिने र केहीले लाखौं डलरको चिठ्ठा राखेका थिए ।वै ज्ञानिकहरुका अनुसार खोप लगाएको खण्डमा मात्र मानिसहरु यस भाइरसबाट सुरक्षित रहन सक्छन् । खोप लगाएका मानिसमा कोरोना भाइरस देखिए पनि त्यो एकदम न्यून हुने जानकारी पनि सो कार्यक्रममा दिइने छ ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार