सम्बन्धित निकायले चाँसो नदिँदा बुर्तिबाङमा सवारी चालकले नै गरे सडक मर्मत

सम्बन्धित निकायले चाँसो नदिँदा बुर्तिबाङमा सवारी चालकले नै गरे सडक मर्मत

  • आषाढ १९, २०७८ शनिवार
  • १६:१२:३८ बजे
  • 8.9K
    SHARES
  • सम्बन्धित निकायले चाँसो नदिँदा बुर्तिबाङमा सवारी चालकले नै गरे सडक मर्मत

    बुर्तिबाङ : स्थानीय पालिकाले चाँसो नदिएको भन्दै सवारी चालकले सडकको खाल्डो पुरेका छन् । सालझन्डी, ढोरपाटन सडक खण्ड अन्तरगतको ढोरपाटन नगरपालिका वडा नम्बर २ तारीखेतदेखि पाखुट्टेसम्मको विभिन्न स्थान रहेका खाल्डाखुल्डी पुरेका हुन् ।बर्खा लागेसँगै सडक खाल्डाखुल्डी परेको

    र उक्त सडकमा ट्यक्सी गुड्न नसक्ने भएका कारण ढोरपाटन यातायात व्यावसाय समितिको सक्रियतामा शुत्रबार खाल्डाखुल्डी पुरिएको संस्थाका सचिव राजु क्षेत्रीले जानकारी दिए । जिल्लाको दोस्रो व्यापारीक केन्द्रको रुपमा रहेको बुर्तिबाङ बजारको नजिकै यस्तो अवस्था हुनु सरकारको लाचारी पन रहेको क्षेत्रीको भनाई छ । 

    उक्त सडक हुँदै निसीखोला गाउँपालिका तथा रुकुम, रोल्पासम्म पुग्न सकिन्छ । पाखुट्टेदेखि मध्यपहाडी लोकमार्गले सरसफाई गर्ने गरे पनि सेरा खण्डमा भने सडक अस्थव्यस्त रहेको यातायात व्यवसायीहरुको बताए । सडकको यस्तो हालत हुँदा पैलद यात्री र बिरामी बोक्ने एम्बुलेन्सलाई समेत समस्या भएको छ ।

  • सम्बन्धित विषय:

  • # सडक मर्मत

  • विनाेद विश्वकर्मा

    उहाँ बागलुङ पोस्ट डटकमका सम्वाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार