नेपाली काँग्रेसको पहलमा बडिगाडका ५ वटा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान

नेपाली काँग्रेसको पहलमा बडिगाडका ५ वटा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान

  • आषाढ २१, २०७८ सोमवार
  • २०:३४:०३ बजे
  • 4.1K
    SHARES
  • नेपाली काँग्रेसको पहलमा बडिगाडका ५ वटा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान

    सागर भण्डारी, गुल्मी : नेपाली काँग्रेस बाग्लुङ क्षेत्र नम्बर २ को पहलमा बडिगाड गाउँपालिकाका ५ वटा स्वास्थ्य केन्द्रमा अक्सिजन कन्सन्ट्रेटर मेसिन वितरण गरिएको छ । नेपाली काँग्रेस काँग्रेस बाग्लुङ क्षेत्र नम्बर २ का सभापति दोण कुमार कुँवरको पहलमा गैर आवासीय नेपाली सघं एनआरएन मार्फत

    प्राप्त मेसिन एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । सभापति कुँवरले गाउँपालिका अन्तर्गत रहेका ५ वटा स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि र राजनैतिक दलका प्रतिनिधिहरुलाई कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गर्नुभएको गरेका हुन् । वडा नम्बर १, २,३,४ ८ र ९ गरी ५ वटा स्वास्थ्य चौकीलाई मेसिन हस्तान्तरण गर्दै सभापति कुँवरले आफ्नो आग्रहलाई स्वीकार गरी मेसिन सहयोग गरेकोमा जन्मभूमि

    नेपालमा भई कर्मभुमी विदेशमा बनाएका ग्रैह आवासीय नेपाली सघं परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । यस अगाडी पनि नेपाली काँग्रेसको पहलमा जिल्लाका विभिन्न स्थान तथा विशेष गरी बाग्लुङ क्षेत्र नं २ मा कोरोना न्यूनिकरणका लागि थुप्रै स्वास्थ्य सामाग्री तथा मेसिनहरु वितरण गरिएको बताए ।

    कुँवरले भौगोलिक हिसाबले अत्यन्तै दुर्गम रहेका बडिगाडका दुरदराजका स्वास्थ्य चौकीहरुमा अक्सिजन अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस भनेर अक्सिजन कन्सन्टे्रटर प्रदान गरेको भन्दै सही सदुपयोग गर्न आग्रह गरेका थिए । मेसिन हस्तान्तरण कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयर सिहं पाईजाले एनआरएन तथा पहल गर्ने नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति दोणर् कुँवर प्रति धन्यवाद व्यक्त गरे ।

    उहाँले कोरोनालाई न्यूनिकरण गर्न सबैको मानविय र सामाजिक दायित्व आवश्यकता रहेको भन्दै सबै एकजुट हुनपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा नेकपा एमाले बडिगाडका अध्यक्ष गुणानिधि घिमिरेले यो विपदमा आफ्नो गास कटाएर सहयोग गर्ने सम्पूणर् ग्रैह आवासीय नेपाली परिवार र समन्वय गर्ने नेपाली काँग्रेसलाई धन्यवाद व्यक्त गरे । नेपाल महिला सघं केन्द्रीय अध्यक्ष दिलमाया पौवीले नेपाली

    काँग्रेस क्षेत्र नम्बर २ ले आफ्नो क्षेत्रमा रहेका स्थानीय तहका ४८ वटा वडामा स्वास्थ्य सामाग्री र अक्सिजन कन्सन्ट्रेटर वितरण गरिरहेको जानकारी दिए । कार्यक्रममा बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर श्रीस, प्रमुख प्रशाशकीय अधिकृत बालकृष्ण सुवेदी, नेपाली काँग्रेस बडिगाडका सभापति एवम्

    वडा नम्बर ५ का वडाध्यक्ष अर्जुन प्रसाद खरेल, वडा नम्बर २ का वडाध्यक्ष ढालेन्द्र शेरचन, स्वास्थ्य सयोंजक चुडामणी कडेंल लगायत विभिन्न पार्टीका पार्टी प्रतिनिधि, नगरपालिकाका कर्मचारी,स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा नं ५ का वडाध्यक्ष मौसम काजी क्षेत्रीले गरेका थिए ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार