शल्यक्रिया

बुर्तिबाङमा कोरोना संक्रमित महिलालाई शल्यक्रिया मार्फत सुत्केरी गराइयो

बुर्तिबाङमा कोरोना संक्रमित महिलालाई शल्यक्रिया मार्फत सुत्केरी गराइयो

  • आषाढ २१, २०७८ सोमवार
  • २२:०४:०३ बजे
  • 4.7K
    SHARES
  • बुर्तिबाङमा कोरोना संक्रमित महिलालाई शल्यक्रिया मार्फत सुत्केरी गराइयो

    बुर्तिबाङ : बागलुङको बुर्तिबाङमा पहिलो पटक एक कोरोना संक्रमित महिलालाई शल्यक्रिया मार्फत सुत्केरी गराइएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ७ की २१ वर्षीय महिलाको शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो । लामो समयसम्म सुत्केरी व्यथाले छटपटाएकी महिलाको बुर्तिबाङ

    प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले शल्यक्रिया मार्फत बच्चा निकालिएको हो । बुर्तिबाङ प्राथमिक स्वास्थ केन्द्रका डा. अनिल के.सी, एनएस ठेसिया जनस्वास्थ्य निरीक्षक केशव थापा तथा वटी नर्स शान्ती पौडेल, पार्वती अर्याल र बोनीसा घर्तीको टोलीले अप्रेशन मार्फत सफल रुपमा बच्चा निकालेको डा. केसीले बताए । 

    May be an image of one or more people and people standing

    ति युवती आईतबार लामो व्यथा लागेपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिइन । एन्टिजेन विधिबाट गरिएको परीक्षण्मा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई स्वास्थ्य केन्द्रमा राखेर उपचार अगाडी बढाइएको थियो । शल्यक्रिया पश्चात अहिले बच्चा र आमाको

    May be an image of baby and indoor

    स्वास्थ्य अवस्था सामान्य रहेको एनएस ठेसिया जनस्वास्थ्य निरीक्षक केशव थापाले जानकारी दिए । कोभिड १९ प्रभाव जारी रहेको सन्दर्भमा स्वास्थ्यकर्मीले सक्रिय रुपमा बिरामीको हेरचाहसँगै सफल उपचार गरेका हुन् । 

    May be an image of one or more people and people standing


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार