चितुवाको आक्रमण

बागलुङको गलकोटमा चितुवाको आक्रमणबाट युवक घाइते

बागलुङको गलकोटमा चितुवाको आक्रमणबाट युवक घाइते

  • आषाढ २९, २०७८ मंगलवार
  • १४:२५:५० बजे
  • 9.5K
    SHARES
  • बागलुङको गलकोटमा चितुवाको आक्रमणबाट युवक घाइते
    फाइल तस्बिर

    बागलुङ : गलकोटमा चितुवाको आक्रमणबाट एक युवा घाइते भएका छन् । बागलुङ गलकोट नगरपालिका वडा नम्बर ८ काँडेबासका ३७ वर्षीय रवीन दर्लामी चितुवाको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

    घर नजिकैको छिमेकी ओम दत्तको खाली घरमा राखेको हलो लिन गएको बेला दर्लामीलाई चितुवाले आक्रमण गरेको बताइएको छ । घाइते दर्लामीको हात, घाँटीमा चोट लागेको छ । दर्लामीलाई उपचारको लागि गलकोटको हटिया स्थित आरोग्य हस्पिटल लगिएको छ । चितुवा खाली घर भित्रै रहेको आशंका गरिएको छ । 

    चितुवा घरमा भए नभएको बारे बुझ्न प्रहरी नायब निरीक्षक बाबुराम पुरीको कमाण्डमा ५ जनाको प्रहरी टोली उक्त स्थानमा पठाइएको हवारीले जानकारी दिए

    यो पनि पढ्नुहोस्
    बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाईते
    बागलुङ स् बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा चार जना घाईते भएको छ । मंगलबार दिउँसो १ः०५ बजेको समयमा बागलुङ नगरपालिका वडा नम्बर १ स्थित भुपिशेरचन राजमार्गमा मालढुङ्गातर्फ गईरहेको अटोरिक्सा अचानक पल्टिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    बागलुङ बजारबाट मालढुङ्गातर्फ जाँदै गएको ध १ ह २ नम्बरको अटोरिक्सा अचानक सडकमा पल्टिन पुग्दा दुर्घटना भएको हो दुर्घटनामा चालक बागलुङ नगरपालिका वडा नम्बर ३ गुठी बस्ने ५८ वर्षीय दल बहादुर रुचाल टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको बताईएको छ ।

    बागलुङ नगरपालिका वडा नम्बर १२ का ४२  वर्षीया मिना पौडेलको टाउकोमा चोट लागेको छ । काठेखोला गाउँपालिका वडा नम्बर १ करिना बस्ने वर्ष ३८ की सन्तु विकको दाहिने खुट्टा र ढाडमा चोट लागेको छ । 
    काठेखोलावडा नम्बर १ कै १७ वर्षकी सुष्मा विकको चोट लागेको छ

    भने सोही स्थानकी ३१ वर्षीया गिता विकको ढाड र दाहिने हातमा चोट लागेको छ । घाईतेहरु सबैको धौलागिरि अस्पतालमा उपचार भैरहेको र उनीहरुको सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आक्रमणबाट युवक घाइते

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार