बेनीमा ६ वर्षीया बालिका बलात्कृत

बेनीमा ६ वर्षीया बालिका बलात्कृत

  • पौष ६, २०७७ सोमवार
  • १६:४९:३५ बजे
  • 31.2K
    SHARES
  • बेनीमा ६ वर्षीया बालिका बलात्कृत
    प्रतिकात्मक तस्बिर

    म्याग्दी : म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ गाजनेकी ६  वर्षीया बालिकालाई १५ वर्षीय एक किशाेरले बलात्कार गरेका छन् ।

    पीडितलाई आरोपितले पुस २ गते दुर्वयवहार गरेको भन्दै पीडित पक्षले आरोपिविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजङ्ग कुँवरले बताए ।

    ‘घटनाको अनुसन्धान भइरहेको छ, ‘पीडित बालिकाको स्वास्थ्यमा सुधार हुदैछ’ उनले भने ।

    पीडित बालिकाको स्वास्थ्य अवस्था असामान्य रहेकोले बेनी अस्पतालले थप उपचार र स्वास्थ्य परीक्षणका लागि पुस २ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको बेनी अस्पतालका चिकित्सकले बताएका छन् ।

    बलात्कारमा संलग्न किसोरलाई पनि प्रहरीले नियन्त्रणमा लिई स्वास्थ्य परिक्षणका लागी पोखरा पठाएको जनाइएको छ ।

    विहिवार दिउँसो घरमा कोही नभएको अवस्थामा ललाई फकाई घरमै वोलाएर बलत्कार गरेको र वालिका चिच्याएपछि छिमेकीले रङ्गेहात फेला पारेका थिए ।

    किसोरकै लिङ्ग रकपडाहरु रगताम्मे अवस्थामा भेटिएको थियो । मुलुकी संहिताको करणी सम्बन्धि कसुर दफा ११९ को उपदफा ३ ९क० मा १० बर्षभन्दा कम उमेरकी बालिका भएमा १६ देखि २० बर्षसम्म कैद सजायको ब्यवस्था रहेको छ ।

    घटनाले गाउँ नै स्तब्ध भएको छ। बलात्कारमा संलग्न किशोरले विगतमा समेत फरक गतिविधि देखाउने गरेको स्थानीयको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # बालिका बलात्कृत

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार