घरेलु मदिरा सेवनबाट बागलुङको गलकोटमा ४ जानको मृत्यु, २ गम्भीर

घरेलु मदिरा सेवनबाट बागलुङको गलकोटमा ४ जानको मृत्यु, २ गम्भीर

  • श्रावण ५, २०७८ मंगलवार
  • ०७:५०:२५ बजे
  • 29.7K
    SHARES
  • घरेलु मदिरा सेवनबाट बागलुङको गलकोटमा ४ जानको मृत्यु, २ गम्भीर

    बागलुङ : बागलुङको गलकोटमा घरेलु मदिरा सेवान गरेका चार जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।गैराखर्कमा मजदुरी गर्दै आएका ६ जनाले

    मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको र दुई जनाको उपचार भइ रहेको बताइएको छ । दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र वि पोखरेलले बताए ।

    दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको उनले जानकारी दिए । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुध बहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र

    ३० वर्षीय प्रबिन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हजारीले बताए ।उनीहरुले गलकोट बृहत खानेपानी आयोजनामा काम गर्दै आएका थिए ।

    त्यस्तै रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र सोही ठाउँका  २६ वर्षीय रबिन्द्र पुनको अवस्था गम्भीर रहेको हवारीको भनाई छ ।

     


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार