गलकोटमा घरलेु मदिरा पिएर गम्भिर भएका दुई जनालाई पोखरा पठाईयो

गलकोटमा घरलेु मदिरा पिएर गम्भिर भएका दुई जनालाई पोखरा पठाईयो

  • श्रावण ५, २०७८ मंगलवार
  • १२:१४:३४ बजे
  • 3.3K
    SHARES
  • गलकोटमा घरलेु मदिरा पिएर गम्भिर भएका दुई जनालाई पोखरा पठाईयो

    बागलुङ : बागलुङको गलकोटमा विषाक्त मदिरा पिउँदा गम्भिर बिरामी परेका दुई जनालाई धौलागिरी अस्पताल बागलुङमा उपचार हुन नसकेपछि पोखरा पठाईएको छ । हिजो साँझ बिषाक्त मदिरा सेवन गरेका ६ जनामध्ये ४ जनाको आज बिहान मृत्यु भएको थियो । उपचारको क्रममा रहेका बाँकी दुई

    जनाको समेत बागलुङमा उपचार हुन नसकेपछि गण्डकी अस्पताल पोखरा पठाईएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताए । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने उनीहरुले सोमबार साँझ स्थानीय पसलबाट मदिरा, दालमोठ, चाउचाउ लगायत किनेर खाएका थिए ।

    मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनलाई पोखरा पठाईको कार्कीले बताए । अस्पतालका अनुसार उनीहरुको मृगौला र मुटुमा समस्या छ ।

    बिरामीले निरन्तर बान्ता गरिरहेका छन् । उनीहरुको अबस्था गम्भिर छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक चारै जनाई अस्पतालको शव गृहमा राखिएको छ ।

    रोल्पामा रहेको परिवारलाई खवर भैसकेको कार्कीले बताए । उनीहरुको पोष्टमार्टम पछि परिवारलाई शव बुझाईने छ ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार