बागलुङ : नेपाली काँग्रेसका केन्द्रिय सदस्य युवा नेता धनराज गुरुङले सरकारले नेतालाई भन्दा गरिब जनतालाई निःशुल्क उपचार गर्नमा जोड दिनुपर्ने बताएका छन् ।
३९ औं बि.पी. स्मृति दिवसको अवसरमा बि.पी. अध्ययन प्रतिष्ठान केन्द्र बाग्लुङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले अहिलेको परिस्थीतिमा सरकार जनताको स्वास्थ्य प्रति चासो राख्नुपर्ने बताए । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्य उपचार खर्च सरकारले व्यहोर्ने निर्णय प्रति लक्षित गर्दै गुरुङलेले विशिष्ट व्यक्तिहरुको उपचारको नाममा राज्यकोषको रकम दुरुपयोग गर्न नहुने बताए ।
उनले विशिष्ट व्यक्तिहरुको उपचारका नाममा केन्द्र, प्रदेश र स्थानिय तह कसैले पनि पहुँचको आधारमा सरकारी रकमलाई दुरुपयोग नगर्न सुझाव समेत दिएका थिए ।
गुरुङले अहिले बनेको सरकारले पुरुक बजेट ल्याएर ७ सय ५३ वटै स्थानिय तहमा स्वास्थ्य उपचार कोषको व्यवस्थापन गरी जनताको पक्षमा काम गर्नुपर्ने बताए । ‘सरकारले पहिलो प्राथमिकता कोरोना महामारी विरुद्ध नै राखेको छ । त्यो एकदमै उपयुक्त छ, नेता गुरुङले भने,– ‘प्रधानमन्त्रीका तिन वटै प्राथमिकता जनताका लागि खोप नै हुन त्यो कामलाई सरकारले पहिलो प्राथमिकता दिनुपर्दछ ।, जनताको निःशुल्क उपचारका लागि सरकारले उचित कोषको व्यवस्थापन गरेमा जनतालाई सरकार हाम्रो पक्षमा छ भन्ने आवास हुने थियो ।’
काँग्रेसको सरकार जनताले चाहेर आएको र जिम्मेवारी पनि बढि भएको हुँदा जनताकै पक्षमा काम गर्न जरुर रहेको बताए । सरकार सवै क्षेत्रलाई समेटेर काम गर्नुपर्ने र भ्रष्टचारको अन्त्यका लागि लाग्नुपर्ने उनको भनाई थियो ।
‘बिपी कोइरालाले पनि आफ्नै नेता माथि छानविन गरेका थिए । प्रधानमन्त्री ज्यू पनि भ्रष्टचारको अन्त्य गर्न आफ्नै नेताबाट सुरुवात गर्नुपर्ने छ । गुरुङले भने,– ‘यस अघिको सरकार भ्रष्टचारमा लिप्त भएको छ, त्यसलाई अहिलेको सरकारले चिर्ने प्रयास गर्नुपर्छ ।’
उनले काँग्रेसले पछिल्लो समयमा बिपिको सिद्धान्तलाई आत्मसाथ गर्न नसकेको गुनासो गरे ।
कहिले काँही काँग्रेस पनि राष्ट्रियताको सवालमा चुकेको हुँदा यदि विपिकै सिद्धान्तलाई मान्ने हो भने कोही कहीँ पनि चुक्न नहुने बताए । आसन्न १४ औं महाधिवेशनबाट काँग्रेसलाई फरक दिसामा लैजान गरी नेतृत्व आउनुपर्नेमा जोड दिए । ‘समतामुलक समाज निर्माण गर्ने काँग्रेसको महत्वपुर्ण भुमिका हुन्छ, उनले भने–‘त्यही भुमिका निर्माणका लागि नेतृत्व सक्षम र सवल बन्न जरुर छ । अबको नेतृत्व बलियो भयो भने जनताको मन सहिजलै जितिने छ ।’ उनले कृष्णप्रसाद भट्टराई र सुशिल कोईराला जस्ता विपिका अनुवाई बन्नका निम्ती कार्यकर्तालाई आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस बाग्लुङका पुर्व सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले मुलकमा शान्ती र लोकतन्त्रको स्थापनका लागि काँग्रेसको महत्वपुर्ण भुमिका भएको बताएका थिए । उनले विपि कोइरालाको सिद्धान्तलाई सवै कार्यकर्ताले आत्मसाथ गरी गुट र उपगुटको अन्य गर्न जरुर रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा सहभागी कार्यकर्ताले काँग्रेसले विपि गणेशमान जस्ता नेताले देखाएको बाटो हिड्न नसकेको गुनासो गरेका थिए । उनीहरुले शिर्ष नेताहरुबाट नै विपिको सिद्धान्तलाई उल्लङघन गरेकोमा चिन्ता व्यक्त गरेका थिए । त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सक्षम र सवल व्यक्तीलाई मन्त्री बनाएर आफ्नो कार्यकाललाई सफल बनाउनका निम्ती सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सह–सचिव सिताराम रसाईली, महासमिति सदस्य भिम श्रीष, क्षेत्र नं. १ का क्षेत्रीय सह–सभापति नारायण शर्मा पौडेल, नेपाल महिला संघका जिल्ला अध्यक्ष शकुन्तला शर्मा, नेविसंघका जिल्ला सचिव श्रीकृष्ण पौडेल लगायतले आफ्ना विचार राखेका थिए ।
कार्यक्रम विपी अध्ययन प्रतिष्ठान बागलुङका अध्यक्ष गोपालकुमार शर्माको अध्यक्षता र सचिव ओमकार थापाको संचालनमा सम्पन्न भएको थियो ।