कमल पौडेल
बागलुङ: बडिगाड गाउँपालिका
स्वास्थ्य शाखाको आयोजनामा एकिकृत स्वास्थ्य शिविर सिसाखानीमा सम्पन्न भएको छ।
शिविरमा ग्वालीचौर
कोभिड विशेष अस्पतालका मेडिकल अधिकृत डा. अनिल शाह नेतृत्वको टोलीले सेवाग्राहीको स्वास्थ्य जाँच गरेको हो ।
सो शिविरमा दुई सय ३० जना बढिले सेवा लिएको बडिगाड गाउँपालिकाका

स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरिक्षक चुरामणि कँडेलले बताए । शिविरमा संकास्पद क्षय रोगीहरुको खकारको नमुना संकलन गरिएको छ । १७ जना महिलाहरुले गर्भनिरोधक इम्पलान्ट लिएका छन् ।
१६ जना गर्भवतीहरुको जाँचसँगै गर्भावस्थाका खतराको लक्षणको विषयमा जानकारी समेत गराइएको छ। सो

शिविरमा स्वास्थ्य शाखा प्रमुख, मे.अ. डा. सहित दगातुन्डाँडा स्वास्थ्य चौकीका प्रमुख एच.ए. हेम पुन, शिसाखानी स्वास्थ्य चौकी प्रमुख एच.ए. भक्त बहादुर श्रीस लगायतका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतले स्थानीयको स्वास्थ्य जाँच गरेका थिए ।

बडिगाड गाउँपालिकाले गाउँपालिका भित्रका दुर्गम वडा र अति ग्रामिण क्षेत्रमा एकिकृत स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । कार्यक्रम अनुसार यहि पौष ८ गते वडा नं. १० को दर्लिङमा शिविर सञ्चालन गर्न लागेको
शाखा प्रमुख कँडेलले बताए ।
