नेकपा सांसदको घरमै दुई लाईन संघर्ष श्रीमती ओलतिर, श्रीमान प्रचण्ड माधवतिर

नेकपा सांसदको घरमै दुई लाईन संघर्ष श्रीमती ओलतिर, श्रीमान प्रचण्ड माधवतिर

  • पौष ७, २०७७ मंगलवार
  • १६:१५:०३ बजे
  • 3.5K
    SHARES
  • नेकपा सांसदको घरमै दुई लाईन संघर्ष श्रीमती ओलतिर, श्रीमान प्रचण्ड माधवतिर

    सन्जिब बगाले

    फुटको संघारमा रहेको

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा नेताहरूले आफ्नो कित्ताकाट थालेका छन्।

    यसअघि एउटा समूहमा रहेका केही नेताहरू 

    अर्को समूहमा पुगेका छन्। विभाजनको असर यतिसम्म परेको छ  कि पति—पत्नी नै फरक—फरक खेमामा पुगेका छन्।

    रघुवीर महासेठ र जुली महतो दम्पती दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन्। महासेठ २०७४ सालको निर्वाचनमा धनुषा—४ बाट निर्वाचित भएका थिए भने महतो समानुपातिक सांसद हुन्।

    स्थायी समिति सदस्यसमेत रहेका महासेठ लामो समयदेखि केपी शर्मा ओली समूहमा थिए। ओलीले उनलाई भौतिक पूर्वाधार मन्त्रीसमेत बनाएका थिए। पछि उनलाई हटाइएको थियो। 

    अहिले महासेठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समूहमा पुगेका छन् भने महतो ओली समूहका भेलामा सहभागी भएकी छन्। 

    महासेठ मंगलबार दिउँसो बबरमहलमा भएको प्रचण्ड—नेपाल पक्षीय स्थायी कमिटीको बैठकमा सहभागी भएका थिए। 

    महतो बालुवाटार प्रधानमन्त्री ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा पुगेकी थिइन्। उनी सोमबार बालुवाटारमा भएको ओली पक्षीय सांसदहरूको भेलामा पनि गएकी थिइन्।

    स्रोतका अनुसार महासेठले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताउँदै आएका छन्। उनी संसद पुनस्थापना हुनुपर्ने पक्षमा छन्। 

    ’सरकारबाट हटाएपछि ओलीसँग उहाँका 

     केही असन्तुष्टि पनि होलान्,’ स्रोतले भन्यो।

    सम्बन्धित समाचार