शाहिद अफ्रिदी ईपीएल क्रिकेट खेल्न नेपाल आउने

शाहिद अफ्रिदी ईपीएल क्रिकेट खेल्न नेपाल आउने

  • श्रावण ११, २०७८ सोमवार
  • १३:५१:४० बजे
  • 3.8K
    SHARES
  • शाहिद अफ्रिदी ईपीएल क्रिकेट खेल्न नेपाल आउने

    काठमाडौं : पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् ।

    ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स–११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो ।

    ४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी–२० आई खेलेका छन् ।

    पाकिस्तानका पूर्वकप्तान समेत रहेबा अफ्रिदीले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन् । उनले पछिल्लो पटक मुल्तान सुल्तानबाट पाकिस्तान सुपर लिग खेलेका थिए ।

    आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

  • सम्बन्धित विषय:

  • # शाहिद अफ्रिदी
  • # ईपीएल
  • # नेपाल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार