बर्खामा ढुङ्गा गिटी निकाल्न रोक्ने जिसस बागलुङको निर्णय

बर्खामा ढुङ्गा गिटी निकाल्न रोक्ने जिसस बागलुङको निर्णय

  • श्रावण १२, २०७८ मंगलवार
  • १९:०१:३० बजे
  • 5.4K
    SHARES
  • बर्खामा ढुङ्गा गिटी निकाल्न रोक्ने जिसस बागलुङको निर्णय

    बागलुङ : जिल्ला समन्वय समिति बागलुङले बर्खायाममा पनि गिटी बालुवा निकाल्ने कार्य भैरहेको भन्दै त्यसलाई रोक्ने निर्णय गरेको छ ।

    समन्वय समिति प्रमुख राजेन्द्र ढुङ्गानाको अध्यक्षमा बसेको बैठकले असार १ गतेदेखि भदौ १५ सम्म नदीबाट ढुङ्गा गिटी बालुवा उत्खनन् गर्ने, क्रसिङ गर्न नपाईने व्यवस्था भए पनि गैरकानुनी उत्खनन्का कार्यहरु अहिले पनि जारी रहेकाले त्यसलाई रोक्ने निर्णय गरेको हो ।

    गण्डकी प्रदेशबाट जारी भएको ढुङ्गा गिटी, बालुवा उत्खनन् संकलन, क्रसिङ र विक्री वितरण तथा क्रसर उद्योग स्थापना र

    सञ्चालनलाई व्यवस्थीत गर्न बनेको कार्यविधि २०७५ को दफा ६(५) मा ढुङ्गा गिटी बालुवा माटो चट्टान दहत्तर बहत्तर उत्खनन् तथा संकलन कार्य असार १ गतेदेखि भाद्र १५सम्म गर्न पाईने छैन भन्ने व्यवस्था रहेकोमा बागलुङमा जिल्लाका विभीन्न पालिकाहरुमा सो अवधिमा ढुङ्गा गिटी, बालुवाको उत्खनन् र संकलन गरेको जनगुनासो आएकार र अनुगमनमा क्रममा केहि स्थानहरुमा उत्खनन् र संकलन गरिररहेको देखिएकाले गैर कानुनी रुपमा ऐन, नियम, कानुन, मापदण्ड कार्यविधि व्यवस्था

    विपरित ढुङ्गा गिटी बालुवाको उत्खन्नन विक्री वितरण कार्यमा तत्काल रोक लगाई ऐन नियम कानुन मापदण्ड र कार्यविधि बमोजिम प्रक्रिया पूरा गरी उक्त कार्य गर्न गराउन सबै पालिका तथा सम्बन्धित निकायहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    jisasa 1.jpg

    बैठकले कोरोनाको दोस्रो लहरबाट बागलुङ निकै प्रभावित भएको र तेस्रो लहर पनि आउनसक्ने भनि विज्ञहरुबाट आकलन

    भैरहेको परिप्रेक्षमा तेस्रो लहरको रोकथाम नियन्त्रण उपचार र व्यवस्थापनको पूर्व तयारी गर्न सबे पालिकाहरु स्वास्थ्य संस्थाहरु लगायत सम्बन्धित निकायहरु र व्यक्ति संस्थाहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    बैठकले जिल्लामा प्राकृति प्रकोप बाढी पहिरो चट्याङबाट निकै प्रभावित भएको सन्दर्भमा यस पनि मनसुन सुरु भैसकेको र बाढी पहिरो तथा विपत्ती आउन सक्ने भएकाले उद्धार, राहत र पुनस्थापनाको पूर्व तयारीमा रहन् १० वटै स्थानीय तहलाई अनुरोध गर्ने बाढी पहिरोबाट विस्थापितहरुको पुनस्थापना र पुनः निर्माणका लागि स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारको सहयोगबाट यथासक्य छिटो सहयोग पु-याउन आग्रह गर्ने निर्णय गरेको छ ।

    बैठकमा सुरक्षित नागकि आवास र जनता आवास कार्यक्रमको निर्णय भए अनुसार सम्झौता बमोजिमको किस्ता रकम उपलब्ध हुन नसकी घर निर्माण पूरा हुन नसकी घर भत्कने अवस्थामा भएको भन्ने जनगुनासो आएकाले सम्झौता बमोजिमको रक उपलब्ध गराई निर्माण कार्यलाई सम्पन्न गराउन सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने पनि निर्णय भएको छ ।

    जिल्ला समन्वय समिति बागलुङले गरेको अनुगमनमा योजनाहरु तुलनात्मक रुपमा समयमै सम्पन्न भएका र उपलब्धीमूलक

    दखिएका, होर्डिङबोर्ड राख्ने व्यवस्था अझै कार्यान्वयनमा आउन नसकेको, अधिकाँस योजना सडकसंग सम्बन्धित रहेको र आर्थिक वर्षको अन्तसम्म पनि काम जारी रहकाले वर्षायाममा उक्र सकडले समुदायमा ठूलो क्षति पु¥याएको पाईएको छ । जिससको अनुगमनका क्रममा आयोजनाको दीगोपना र हस्तान्तरणको व्यवस्था कार्यान्वयन हुन नसकेको, उपभोक्ताबाट कार्यान्वयन भएका योजना बढि प्रभावकारी देखिएको, तीन तहको सरकारबी समन्वय नहुँदा योजना छनोटमा दोहोरापना तथा अपनत्व अभाव भएको देखिएको बताईएको छ ।

    कोभिडको समयमा जिल्ला विभीन्न व्यक्ति संस्थाबाट आएको सहयोगहरुको कुनै तथ्याङ्क नभेटिएको र त्यसको वितरणको अवस्थाबारेमा एकद्वार प्रणालीबाट सार्वजनिक गर्नुपर्ने माग आफुहरुले गरेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख ढुङ्गानाले बताए ।

    पछिल्लो समय ढुङ्गा गिटी र बालुवा निकाल्नका लागि आईईई पास गर्ने अधिकार पनि स्थानीय तहलाई दिएका कारण आफ्नो अनुकुलतामा आईईई पास गर्ने गरेको भेटिएकाले यो विषयलाई समन्वय समितिले विशेष ध्यानाकर्षण गराउने निर्णय गरेको उनको भनाई छ । 

    1.jpg

     

    2.jpg

    सम्बन्धित समाचार