धार्मिक तथा पर्यटन क्षेत्रको विकासमा ध्यान दिन्छौं—कँडेल

धार्मिक तथा पर्यटन क्षेत्रको विकासमा ध्यान दिन्छौं—कँडेल

  • श्रावण १७, २०७८ आइतवार
  • २०:०३:३६ बजे
  • 3.3K
    SHARES
  • धार्मिक तथा पर्यटन क्षेत्रको विकासमा ध्यान दिन्छौं—कँडेल

    बागलुङ : गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मणीभद्र शर्मा कंडेलले जिल्लाका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासमा आफुले सक्दो काम गर्ने बताएका छन् ।

     गौरीधाम शिव मन्दिर व्यवस्थापन समिति बागलुङ नगरपालिका ४ ले आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री कँडेलले यस्तो बताएका हुन् । बागलुङको कालिका भगवती मन्दिर, पञ्चकोट धाम , गौरीधाम लगायतका क्षेत्रले बागलुङको पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै आवश्यक पूर्वाधारमा आफुले काम गर्ने बताए । 

    बागलुङका धार्मिक तथा पर्यटकिय क्षेत्रमा स्थानीयको लगाब परिश्रम र समय खर्चेकोले अब प्रदेश सरकारको बजेटले भ्याय सम्म हेर्न, दर्शन गर्न र घुम्न लायक बनाउँने बताए ।

    दुई दशक सम्म पनि निर्माण सम्पन्न हुन नसकेको उपल्लाचौर बस पार्कमा भएको ढिलाई प्रति आफु गम्भीर रहेको भन्दै प्रदेश र केन्द्र सरकारसँग आवश्यक समन्य गरेर अगाढी बढ्ने बताए । जिल्लामा अलपत्र अवस्थामा रहेका विकास आयोजनाको काम तत्काल सुचारु गराउन आफुले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने समेत बताए । मध्यपहाडी लोकमार्ग ,बागलुङ बसपार्क लगाएतका ठूला आयोजनको काममा भएको ढिलाईले गिज्याइरहेकोले अब कसैले उन्मुक्ति नपाउने बताए ।

    मन्त्री कँडेलले गौरीधाम शिव मन्दिरको प्रवेशद्वारमा तत्काल आफ्नो व्यक्तिगत सहयोगमा पानीको धारो निर्माण गर्ने घोषण गरेका छन् । कार्यक्रममा उपल्लाचौर बसपार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारी, समाजसेवी बसन्तकुमार श्रेष्ठ, सन्तोष जिसीले बसपार्क निर्माणमा भएको ढिलाईप्रति मन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

    स्थानीयले निःशुल्क जग्गा उपलव्ध गराएको वर्षौ हँुदा समेत बसपार्क निर्माणको कामले पुर्णता पाउन नसकेको भन्दै तत्काल काम सक्ने वाताबरण सरकारले बनाउनुपर्ने बताए ।

    कार्यक्रम गौरीधाम शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर जिसीको अध्यक्षता कोषाध्यक्ष ऋषिराम गौतमको स्वागत र सचिव पिंगला खड्का जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # धार्मिक
  • # पर्यटन
  • # विकास

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार