गौश्वारा पुरानो राजाको दरबार पुग्ने पदमार्ग निर्माण गरिने

गौश्वारा पुरानो राजाको दरबार पुग्ने पदमार्ग निर्माण गरिने

  • मंसिर २३, २०७७ मंगलवार
  • ०२:१३:३५ बजे
  • 4.3K
    SHARES
  • गौश्वारा पुरानो राजाको दरबार पुग्ने पदमार्ग निर्माण गरिने

    म्याग्दी : म्याग्दीको बेनी नगरपालिका—२ गौश्वारा हुँदै पर्यटकीय ठाउँ पुरानो राजाको दरबारसम्म पदमार्ग खुलाउने तयारी भएको छ ।

    समुन्द्र सतहदेखि २५७७ मिटरको उचाईमा रहेको उक्त ठाउँमा पदमार्ग निर्माणका लागि संघीय सांसद भुपेन्द्र थापा, म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी सहितको टोलीले अवलोकन निरीक्षण गरेको छ ।

    बागलुङ र म्याग्दीका विभीन्न ठाउँहरुको सुन्दर दृश्यावोलोकन गर्न सकिने उक्त ठाउँमा पर्यटकहरुको सहज आवत जावतका लागि पदमार्ग निर्माण गर्ने योजना अनुरुप सांसद सहितको टोलीले अवलोकन गरेको हो । 

    उक्त ठाउँमा भ्यू पोइन्ट निर्माण गरी अन्य पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने योजना छ । टोलीले गौश्वाराको अर्जुन मावि, रामन्द्र मावि लगायतका अन्य ठाउँहरुको पनि अवलोकन गरेको छ ।

    टोलीमा सांसद भुपेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेपाल कम्युनिष्ट पार्टी बेनी नगर समिति सचिव राजकुमार थापा, बेनी नगरपालिका—२ का वडाध्यक्ष हिरा थापा, विएस ओभरसिजका सञ्चालका भिम सापकोटा, डम्बर सापकोटा सहित स्थानीयका टोली उक्त ठाउँमा पुगेको थियो ।

    उक्त ठाउँमा सुन्दर हिमाल लगायत विभीन्न ठाउँको सुन्दरता नियाल्न सकिने भएका कारण त्यहा पुग्नका लागि सहज वाताबरण बनाउन पदमार्ग निर्माण गरेर पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गरिने सांसद भुपेन्द्र थापाले बताए ।

    टोलीले गौश्वारामा स्थानीयसंग पर्यटन विकासका बारेमा छलफल समेत गरेको छ । अवलोकनमा आएको टोलीलाई स्थानीयले गौंश्वारामा भव्य स्वागत गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # गौश्वारा
  • # दरबार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार