विद्युत विस्तार

ग्रामिण क्षेत्रमा धमाधम विद्युत केन्द्रीय लाईन विस्तार गर्दै बागलुङ वितरण केन्द्र

ग्रामिण क्षेत्रमा धमाधम विद्युत केन्द्रीय लाईन विस्तार गर्दै बागलुङ वितरण केन्द्र

  • श्रावण २१, २०७८ बिहिवार
  • २०:३२:२६ बजे
  • 6.0K
    SHARES
  • ग्रामिण क्षेत्रमा धमाधम विद्युत केन्द्रीय लाईन विस्तार गर्दै बागलुङ वितरण केन्द्र

    बागलुङ : विद्युत प्राधिकरण वितरण शाखा बागलुङले गत आर्थिक वर्षमा ३५ लाख रुपैयाँ बक्यौता संकलन गरेको छ ।

    विद्युतको उपभोग गरेर समयमा महसुल नबुझाउने ग्राहकको लाईन काटेर वितरण शाखाले उक्त बक्यौता रकम संकलन गरेको हो । चार सय ६४ जना ग्राहकको लाईन काटेर उक्त रकम संकलन गरेको विद्युत प्राधिकरण वितरण केन्द्र बागलुङका प्रमुख ईन्जिनियर शिवनाराण गोशलीले बताए ।

    मिटर रिडिङको गरेको ६० दिनसम्म विद्युत महसुल नबुझाउने ग्राहकको लाईन बिना जानकारी काटिने गरेको उनको भनाई छ ।

     ‘विद्युत प्रयोग गरेर शुल्क नबुझाउनेहरुको लाईन काटेर बक्यौता उठाएका छौं,’ उनले भने,‘सयममा महसुल नबुझाउने चार सय ६४ जना ग्राहकको लाईन काटेर ३६ लाख रुपैयाँ बक्यौता उठाउन सफल भएका छौं ।’

    प्राधिकरणले गत आर्थिक वर्षमा एक हजार ९ सय ५ ग्राहक संख्या थपिएको पनि  जनाएको छ । जिल्लाको बडिगाड, ढोरपाटन, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका तथा ताराखोलामा विद्युतको केन्द्रीय लाईन विस्तार गरेपछि ग्राहक संख्या थपिएको गोशली बताउँछन् ।

    ‘हामीले विद्युतको संचरना त १५ हजार ग्राहक थप्न पुग्नेगरी विस्तार गरिएको भए पनि गाउँमा हाईड्रो प्रोजेक्ट कारण घरेलु उपभोक्ता अझै पनि केन्द्रीय लाईनमा नजोडिएको उनले बताए ।

    ‘हामीले गत आर्थिक वर्षमा जैमिनी नगरपालिकाको छिस्ती, राङ्खानी, सर्कुवा बिनामारे पैयुथन्थाप, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, गलकोटको काँडेवास, पाण्डवखानी, मल्म, बडिगाडको जलजला, दर्लिङ, भिमगिठे खौलार ढोरपाटनको बुर्तिबाङदेखि अधिकारीचौरसम्म ५ वटा वडामा विद्युत विस्तार गरेका छौं,’ गोशली भन्छन्,‘गाउँघरमा सामान्य बत्ती बाल्नका लागि मात्रै विद्युत प्रयोग गर्ने उपभोक्ताहरु अझै पनि केन्द्रीय लाईनमा जोडिन आएका छैनन् ।

    यो वर्ष हामीले ३५ सय चार हजारको हाराहारीमा ग्राहक थप्न सकिन्छ होला भन्ने लागेको थियो । कोभिडका कारण पनि समस्या भयो ।’ 

    गत आर्थिक वर्षमा ३३/११/४/२२० केभी लाईन ६० किलामिटर सर्किट निर्माण गरेको प्राधिकरण वितरण केन्द्रले जनाएको छ । विद्युतीकरणमा विभीन्न क्षमतामा ३० वटा ट्रान्सफर्मर जडान गरिएको केन्द्रले जनाएको छ ।

    आधा बागलुङ ओगट्ने बागलुङको पश्चिम क्षेत्रमा केन्द्रीय लाईन विस्तार हुन सकेको थिएन,’उनले भने,‘यो वर्ष हामीले निसी र तमाखोलामा पु¥याउने योजना छ । अहिलेसम्म बागलुङको करिब ६५ प्रतिशत क्षेत्रमा केन्द्रीय विद्युत पु¥याउन सफल भएका छौं ।’ कार्यालयले बुर्तिबाङमा कार्यालय स्थापना गरी नो लाईट सेवा, मिटर वितरण, मिटर रिडिङ तथा महसुल संकलन गर्ने कार्य गरेको जनाएको छ । 

    कार्यालयले वितरण लाईन सुदृढीकरण, कन्डक्टर क्षमता वृद्धि लगायतको काम गरेर विद्युत लस पनि घटाएको जनाएको छ । ‘विभीन्न कारणले गर्दा विद्युत लस हुने गर्छ,’ उनले भने,‘हामीले माथिल्लो निकायले दिएको भन्दा अझ कम विद्युत लस राखेका छौं । बागलुङमा वार्षिक विद्युत लस १२ प्रतिशतको  लक्ष्य थियो । हामीले ११.६९ प्रतिशतमा राख्न सफल भएका छौं ।

     विद्युत प्राविधकरण बागलुङ वितरण केन्द्रबाट अहिले पाँच हजार एक सय सामुदायिक सहित कुल ३० हजार ८३  ग्राहले विद्युत उपभोग गरिरहेका छन् ।

    गत आर्थिक वर्षमा बागलुङ वितरण केन्द्रले एक हजार पाँच सय बढि काठेपोलको ठाउँमा फलामे पोल राखेको पनि कार्यालयले जनाएको छ ।

     ‘केन्द्रीय विद्युत पुगेको ठाउँमा अब काठेपोल छैनन्, कतिपय ठाउँमा हाम्रो जानकारीमा नभएर छुटेको भए हुनसक्छ,’ उनले भने,‘१५ सय बढी पोल फेरेका छौं । नयाँ लाईन विस्तार गरिएको ठाउँमा त्यो भन्दा बढी पोल राखिएको छ ।’ बागलुङमा साढे चार देखि पाँच मेगावाट विद्युत दैनिक खपत हुने गरेको छ ।

    ‘बागलुङमा ९० प्रतिशत बढि ग्राहक घरेलु उपयोगका लागि विद्युत प्रयोग गर्ने उपभोक्ता छन्, ठूला खर्च गर्ने उपभोक्ता नभएका कारण पनि खासै धेरै विद्युतको माग छैन,’ गोशली भन्छन् । गतवर्ष विद्युत विक्रीबाट बागलुङ वितरण केन्द्रले साढे १३ करोड रुपैयाँ उठाएको उनले जानकारी दिए । 

    चालु आर्थिक वर्षमा बडिगाड र ढोरपाटनको बाँकी रहेको ५० प्रतिशत क्षेत्र र निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा विद्युतको केन्द्रीय प्रशारण लाईन पु¥याउने उनले जानकारी दिए ।

    हरिचौरमा रहेको विद्युत शव स्टेशन मर्मत गरेर नयाँ फिडर जडान गरेपछि बुर्तिबाङ क्षेत्रमा विद्युत वितरणमा सहजता भएको उनको भनाई छ । अहिले बागलुङमा रारेखामा ११ एमभीए र गलकोट हरिचौरमा ३ एमभीएको शव स्टेसन सञ्चालनमा छन् । बुर्तिबाङ र कुस्मीसेरामा निर्माणको प्रक्रिया अगाडि बढेको छ भने खर्वाङमा पनि शवस्टेसन राख्नेगरी प्रस्ताव गरिएको छ ।

    विद्युत प्राधिकरण वितरण केन्द्र बागलुङले एक वर्षमा एक कराड करोड ४२ लाख युनिट विद्युत विक्री गरेको जनाएको छ ।  

     

    सम्बन्धित समाचार