जिप दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

जिप दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

  • पौष ९, २०७७ बिहिवार
  • ०८:५३:५५ बजे
  • 3.5K
    SHARES
  • जिप दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते
    प्रतीकात्मक तस्वीर

    कैलाली : बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ बित्थडका लागि छुटेको से १ ज ८४३ नम्बरको बोलेरो जिप बिहीबार बिहान दुर्घटना भएको हो ।

    बैतडीको सुर्नया गाउँपालिका–८ आलगैरामा भएको दुर्घटनामा बझाङको बुंगल नगरपालिका–११ का जिप चालक अन्दाजी २७ वर्षीय धन बहादुर बोहराको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा अन्य ३ जना घाइते भएका र २ जनाको अवस्था गम्भीर रहेकोजिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक बहादुर धामीले बताए ।

    उनका अनुसार बैतडी पुर्चौडी नगरपालिका ४ भटनाका अन्दाजी ४० वर्षीय गंगादत्त भट्ट र सोही ठाउँका ३५ वर्षीय जनक भट्टको अवस्था गम्भीर छ ।

    उनीहरूलाई उपचार गर्न डडेल्धुरा अस्पताल लगिएको प्रहरी निरीक्षक धामीले बताए ।दुर्घटनामा परी बझाङको बित्थडचीर गाउँपालिकाका हरिस बोहरा पनि घाइते भएका छन् । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार जिपमा चालकसहित ४ जना थिए । दुर्घटनाको कारण खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।

     

  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार