बाख्रीको मासु बेच्ने ४ जना पक्राउ

बाख्रीको मासु बेच्ने ४ जना पक्राउ

  • श्रावण २३, २०७८ शनिवार
  • १६:१७:१३ बजे
  • 4.9K
    SHARES
  • बाख्रीको मासु बेच्ने ४ जना पक्राउ

    काठमाडौं :  खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज शनिबार बिहान पाँच बजे कलंकीको खसी बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा पसल सञ्चालक भारतको बिहार, बहराइज घर भई कलंकी बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका छन् ।

    उनीहरुले बाख्रीको पहिचान हुने अंग लुकाएर खसीको मासु भनेर बिक्री गरेको अवस्थामै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पसलबाट बिक्री गर्न राखिएका १५ वटा बाख्रीसहित तयारी अवस्थामा रहेको मासु पनि प्रहरीले बरामद गरेको छ ।

    यस्तै वीरगञ्जमा पनि प्रहरीले खसीको भनी बाख्राको मासु बिक्री गर्ने एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका– १३ मुर्लीका २८ बर्षीय रोज अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

  • सम्बन्धित विषय:

  • # बाख्रीको मासु
  • # ४ जना पक्राउ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार