लोग्ने मान्छेले यी पाँच कुरामा कहिल्यै लाज नमानु 

लोग्ने मान्छेले यी पाँच कुरामा कहिल्यै लाज नमानु 

  • श्रावण २८, २०७८ बिहिवार
  • १३:११:५७ बजे
  • 3.7K
    SHARES
  • लोग्ने मान्छेले यी पाँच कुरामा कहिल्यै लाज नमानु 

    के तपाईंले कहिलै आफू पुरुष भएकोमा ग्लानि वा लाज लागेको महसुस गर्नुभएको छ ? वा तपाईंले महसुस गर्नुभएको छ कि आफ्नो मर्द स्वभाव र त्यससँग जोडिएको व्यवहारले तपाईंलाई असंवेदनशील, मुर्ख या त्यसभन्दा पनि खराब त बनाइरहेको छैन ?

    तुलनात्मक रुपमा पुरुषको संख्या कम छ । तर, धेरैजसो दूर्व्यवहारको घटना, बलात्कारको घटना, थिचोमिचोको घटनामा पुरुषहरु दोषी देखिन्छन् । अर्थात महिलामाथि पुरुषहरु हावी भएको पाइन्छन् । । तर, सबै पुरुष त्यस्ता छैनन् । महिलामाथि सम्मान गर्ने र उनीहरुको भावना बुझ्ने पनि गर्छन् ।


    १. डर लाग्नु

    हामी जब बच्चाको समयमा डराउने गर्छाैं, तब हामीलाई उमेरमा पनि डर लाग्ने गर्छ । सो अवस्थामा हामीलाई तिमी त केटामान्छे भनेर कहिलै पनि ढुक्कसँग डराउन पनि दिइएन ।  यो सानो कुराले हाम्रो दिमागमा यस्तो गहिरो प्रभाव पार्छ कि पूरै जिन्दगी केटा मान्छेले आफ्नो डर या असुरक्षालाई लुकाएर मात्रै बस्ने गर्छ ।

    हामी कहिलै भन्न सक्दैनौं कि ‘हामी म केटा हुँ र म डराएको छु ।’ डराउनु नराम्रो कुरा होइन तर बरु आफ्नो डर लुकाएर राख्नु नराम्रो कुरा हो ।

    तपाईंलाई थाहा छैन जब तपाईंको दिमागमा कुनै सानो भ्रम वा सानो कुरा तपाईंको अघि पहाड जस्तै खडा हुनेछ । त्यस्तो अवस्थामा डर र संकोच मान्नु आवश्यक हुँदैन ।

    २. आफ्नो ठाउँ कायम राख्नुहोस्

    कल्पना गर्नुहोस् कि तपार्ईं एक सम्बन्धमा हुनुहुन्छ र तपाईंको साथी तपाईंको हरेक गतिविधिबारे जान्न चाहनुहुन्छ । तपाईं के लगाउनुहुन्छ, के खानुहुन्छ, कुन रंगको सर्ट वा जुत्ता लगाउनुहुन्छ जस्ता विषयमा तपाईंको साथीले चासो दिने गर्छिन् । यतिसम्म कि कुन साथीसँग तपाईं हिँड्ने कोसँग संगत नगर्ने जस्तो विषय पनि तपाईं आफू निर्णय गर्न सक्नुहुन्न भने तपाईं गलत हुनुहुन्छ । तपाईंले आफ्नो ठाउँ तय गर्न सक्नुभएको छैन ।

    वास्तवमा यी चीजहरुमा स्वतन्त्रता खोज्नु गलत कुरा होइन । हरेक मानिसले सीमित कुरामा आफ्नो स्वतन्त्रताको महसुस गर्न सक्नुपर्छ ।

    ३. कसैको याद गर्नु

    कहिलेकाहीँ मानिसहरु हाम्रो जीवनबाट धेरै टाढा जान्छन् । सिधा अर्थमा भन्दा ब्रेकअप जस्ता पलहरु जीवनमा आउँछन् । यी पलहरुले जिन्दगी हल्लाउँछन् । उनीहरुबाट बाहिर निस्कनका लागि धेरै मेहनत गर्नु पर्छ । यस्तो यादहरुमा डुब्नु पनि पुरुषको लागि कमजोरी मानिन्छ ।

    यस्तो अवस्थामा कसैलाई धेरै सम्झनाको लागि कमजोर मान्नु गलत कुरा हो । यदि कसैले तपाईंलाई यस्तोमा कमजोर ठान्छ भने त्यो उसको गल्ती हो ।

    ४.इर्ष्यालु हुनु

    इर्ष्यालु हुनु मानवको प्राकृतिक स्वभाव हो । कसैको प्रगति देखेर मानिसहरुमा अक्सर ईष्र्याको भावना विकास हुन्छ । यो आफैँमा प्राकृतिक प्रक्रिया हो ।

    यस्तोमा प्रतिस्पर्धाको भावना मान्छेमा विकास हुन्छ । जुन धेरै राम्रो कुरा हो ।

    प्रत्येक व्यक्तिले दिमागमा प्रगति र स्तरोन्नतिको मूर्त कल्पना गर्छ । मान्छे त्यही कल्पना र प्रगतिलाई पछ्याउँछ । तर त्यति हुँदाहुँदै पनि अर्काे चिनेको मान्छेले प्रगति गर्दाआफैँमा ईष्र्याको भावना जागृत हुन्छ । यस्तो भावनालाई नराम्रो मान्नुपर्ने कुनै कुरै छैन । यसलाई सकारात्मक तरिकाले लिनुहोस्, किनकि यो मानिसमा हुने साझा गुण हो ।

    ५ कसैसँग मद्दत माग्नु

    पुरुषहरुको अर्काे समस्या भनेको कसैसँग मद्दत माग्न नसक्नु हो । यदि कसैसँग मद्दत माग्यो भने त्यो आफैँमा कमजोर भए जस्तो महसुस गर्नु नै एक समस्या हो । तर कसैसँग सहयोग लिने विषयमा कुनै संकोच लिनुुहुँदैन । हुनसक्छ कसैबाट लिइएको मद्दतले तपाईंलाई नयाँ जीवन दिन सक्छ ।

    कसैसँग सहयोग माग्नुलाई तपाईं प्रतिष्ठाको मुद्दा नबनाउनुहोस् । परिस्थितिलाई विचार गर्नुहोस् र तदनुसार निर्णय गर्नुहोस् । कहिलेकाहीँ मानिसहरु थोरै मद्दतसँग अगाडि बढ्नका लागि नयाँ तरिकाहरु खोज्छन् । त्यसैले, यदि तपाईं जीवनमा अघि बढ्न चाहनुहुन्छ भने कसैसँग सहयोग माग्न संकोच नमान्नुहोस् ।

  • सम्बन्धित विषय:

  • # लोग्ने मान्छे
  • # लाज नमानु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार