नेकपा बागलुङको कार्यालय प्रहरी निगरानीमा 

नेकपा बागलुङको कार्यालय प्रहरी निगरानीमा 

  • पौष १०, २०७७ शुक्रवार
  • १०:४९:५१ बजे
  • 5.8K
    SHARES
  • नेकपा बागलुङको कार्यालय प्रहरी निगरानीमा 

    बागलुङ : नेपाल बागलुङको पार्टी कार्यालयले प्रहरीले पहरा दिन सुरु गरेको छ ।

    सत्तारुढ पार्टी नेकपा केन्द्रमा विभाजन भएसंगै त्यसको प्रभावमा जिल्लामा पनि परेकाले त्यस्तो कुनै अप्रिय घटना नहोस् भनेर प्रहरीले पार्टी कार्यालयमा निगरानी र पहरा बढाएको हो ।

    केन्द्रमा पार्टी विभाजन भएसंगै जिल्लामा पनि त्यसको प्रभाव परेको र दुई पक्षबीच कुनै खालको समस्या उत्पन्न नहोस् भन्ने हेतुले सुरक्षा दिएको जिल्ला सुरक्षा समितिका प्रमुख एव प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

    दुई समुह हुँदा विवाद हुनसक्ने आशंकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । देशका विभिन्न ठाउँमा तालाबन्दी र आन्दोलनका घटनाहरु भएकाले यहाँ त्यस्तो नहोस भनेर सचेतना अपनाईएको न्यौपानेले बताए । 


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार