प्रधानमन्त्री देउवा र पारस खड्काबीच भेट

प्रधानमन्त्री देउवा र पारस खड्काबीच भेट

  • श्रावण ३०, २०७८ शनिवार
  • १५:४३:४३ बजे
  • 2.8K
    SHARES
  • प्रधानमन्त्री देउवा र पारस खड्काबीच भेट

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग भेट गरेका छन् ।

    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट प्रधानमन्त्री देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । देउवाले दुई दशमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने भन्दै ती रोमाञ्चक जीत र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद दिएका छन् ।

    देउवाले ट्वीटरमा लेखेका छन्, ‘नेपाल र नेपालीको शीर उचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैं रहनेछ ’

     

    क्रिकेटर पारस खड्काले पनि क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएकामा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन् । गत वर्ष नेपाली टिमको कप्तानबाट राजीनामा दिएका पारसले अघिल्लो हप्ता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # देउवा
  • # पारस

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार