राष्ट्रपतिले ४ वटा कार र हेलिकप्टरमा पैसा लिएर भागेको खुलासा

राष्ट्रपतिले ४ वटा कार र हेलिकप्टरमा पैसा लिएर भागेको खुलासा

  • भाद्र १, २०७८ मंगलवार
  • ०९:०३:५० बजे
  • 4.1K
    SHARES
  • राष्ट्रपतिले ४ वटा कार र हेलिकप्टरमा पैसा लिएर भागेको खुलासा

    एजेन्सी : अफगानिस्तानको राष्ट्रिपति अशरफ घानीले चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगेको काबुलस्थित रुसको राजदूतावासले दावी गरेको छ । आइतबार वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा राष्ट्रपति घानीले देश छाडेर भागेका थिए ।

    त्यसपछि तालिबानले राष्ट्रपति कार्यालयमा कब्जा गरेको थियो ।रसियन राजदूतावासका प्रवक्ता निकिता इस्चेंकोले भनेका छन्, ‘चारवटा कार पैसाले भरिएका थिए। उनीहरू हेलिकोप्टरमा पनि पैसा राख्दै थिए, तर सबै पैसा त्यसमा अटाएन र नअटाएको पैसा विमानस्थलको सडकमा छाडेर गए।’

    पछि न्युज एजेन्सीसँग कुरा गर्दा पनि उनले सो कुरा दोहोर्याइन् । यसअघि तालिबानले पनि आफूहरूले काबुल विमानस्थलमा ठूलो मात्रामा पैसा भेटेको दाबी गरेको थियो । यो रकम ५० लाख डलर रहेको उनीहरूको दाबी छ । तर, यसको पुष्टि हुन भने बाँकी छ । अहिले काबुलस्थित रुसको दूतावासले पनि त्यही दाबी गरेको छ ।

    आफ्ना निकटस्थहरू भागेका ​राष्ट्रिपति घानी र उपराष्ट्रपति सालेह कहाँ पुगे भन्ने स्पष्ट जानकारी आएको छैन । केहीले उनीहरू ताजिकिस्तान त केहीले उनीहरू अमेरिका पुगिसकेको दाबी गरेका छन् ।

     


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार