दुर्गेस र रियाशाको ‘भट्टीवाली’ (भिडियाेसहित)

दुर्गेस र रियाशाको ‘भट्टीवाली’ (भिडियाेसहित)

  • पौष ११, २०७७ शनिवार
  • ०७:०१:१७ बजे
  • 4.7K
    SHARES
  • दुर्गेस र रियाशाको ‘भट्टीवाली’ (भिडियाेसहित)

    काठमाडाैँ : ‘भट्टीवाली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायक प्रताप दासको स्वर र जगत तिरुवाको र्याप समेत समावेश छ।

    गीतकार राम कृष्ण महराको शब्द र सिद्धान्त परियारको संगीत रहेको यो गीतमा नारायण दंगालको संगीत संयोजन छ । डान्सिङ शैलीको यो गीतमा युवायुवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ।

    म्युजिक भिडियोमा दुर्गेश थापा, रियाशा दाहाल, दिनेश थापा, आयुष, मनोज ओली,उत्तम केसी र अस्मिता बस्नेतको नृत्य छ ।बुद्ध थापाले छायांकन गरेको भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन।

    भिडियोमा नविन निरौलाको सम्पादन छ। यो भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् । हेर्नुहाेस् भिडियाे 

    सम्बन्धित समाचार