गुल्मीमा पहिलोपटक महिला सीडीओ

गुल्मीमा पहिलोपटक महिला सीडीओ

  • पौष ११, २०७७ शनिवार
  • ०७:४५:०५ बजे
  • 13.8K
    SHARES
  • गुल्मीमा पहिलोपटक महिला सीडीओ

    गुल्मी : गुल्मीमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी ९सीडीओे० आएकी छन् । जिल्लामा सीडीओे रुद्रादेवी शर्मा रामेछापबाट सरुवा भएर गुल्मी आएकी हुन् ।

    ११ महिनासम्म रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा ३९औं प्रमुख जिल्ला अधिकारी हुन् । यसअघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको गृहमन्त्रालयमा सरुवा भएपछि उनको यहाँ सरुवा भएको हो ।

    जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेको ५० वर्षे इतिहासमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी  पाएको हो । २०२७ सालदेखि प्रमुख जिल्ला अधिकारी (सीडीओे) रहेको इतिहासमै महिला भने आएका थिएनन् ।

    कार्यभार सम्हालेपछि सीडीओ शर्माले जिल्लास्थित विभिन्न क्रियाशील राजनैतिक दल, पत्रकार, संघसंस्थाहरुका प्रमुखहरुसँग परिचयात्मक कार्यक्रम र जिल्लाको वस्तुस्थितिको बारेमा समेत जानकारी लिएकी छन् ।

    पत्रकारहरुसँगको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले आफ्नो मुख्य भूमिका जिल्लावासीको लागि शान्ति सुरक्षा दिनु र अपराध नियन्त्रण गर्नु रहेको बताइन् ।

    जिल्लामा शान्ति सुरक्षा र अपराध नियनत्रण भइसकेपछि जनताले न्यायको अनुभुति हुने काम हुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित हुने शर्माले बताइन् ।

    सरकारी कार्यालयहरुले दिने सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र पारदर्शी बनाउनको लागि सबै कार्यालयहरुसँग समन्वय गरेर अगाडि बढने बताइन् ।

    जिल्लाबाट हुने सेवा प्रवाहलाई नागरिकमैत्री, सेवाग्रही मैत्री तरिकाले प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।

    सबैसँग मिलेर कानुनको शासनमा बिबेकशिलता र संवेदनशीलतामा रहेर सेवा प्रवाह प्रदान गर्ने शर्माको भनाइ छ । जनमुखी प्रशासन, पारदर्शीता र सुशासनको सिद्धान्तबाट अगाडि बढने लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।

    २०६६ सालबाट सरकारी सेवामा प्रवेश

    २०६६ सालमा अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गरेकी सीडीओ शर्मा झण्डै ९ वर्षको अन्तरालमा नेपाल सरकारको सह-सचिव पदमा पुगेकी हुन् ।

    सरकारी सेवामा प्रवेशपछि उनी ६ वर्ष राष्ट्रिय योजना आयोगमा काम गरेको अनुभव रहेको छ । त्यस लगत्तै २०७२ सालमा नेपाल सरकारको उपसचिव भएपश्चात सञ्चार मन्त्रालयमा काम गरेको उनले बताइन् ।

    २०७५ सालमा नेपाल सरकारको सह-सचिवमा नाम निकालेपछि उनले बागमती प्रदेशमा मुख्यमन्त्रीको कार्यालयमा सचिवको रुपमा काम गरेकी थिइन् ।

    त्यसपछि १३ महिना महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा काम गरिन् । केही समय श्रम मन्त्रालय हुँदै १० महिनासम्म रामेछाप जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेर काम गरेपछि उनी गुल्मी सरुवा भएकी हुन् ।

    उनको सीडीओको रुपमा गुल्मी दोस्रो कार्यालकाल हो । उनको पुख्र्यौली घर बागलुङ हो ।

  • सम्बन्धित विषय:

  • # महिला सीडीओ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार