के बालबालिकाले मास्क लगाउनु जरुरी छ ?

के बालबालिकाले मास्क लगाउनु जरुरी छ ?

  • भाद्र ५, २०७८ शनिवार
  • ०८:४८:१४ बजे
  • 3.5K
    SHARES
  • के बालबालिकाले मास्क लगाउनु जरुरी छ ?

    कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्यका मापदण्ड अपनाउनु आवश्यक छ । मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, हातलाई स्यानिटाइज गर्ने तथा साबुन पानीले मिचिमिची हात धुने गर्नुपर्दछ ।

    ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु आवश्यक नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बताउँछ । १२ वर्ष वा माथिका बालबालिकाले वयस्कले जसरी नै मास्क लगाउने गर्नुपर्छ । ६ देखि ११ वर्षका बालबालिकाले निम्न अवस्थामा मास्क लगाउनेः

    – कोभिड १९ समुदायमा व्यापक रूपमा फैलिएको छ भने,  बालबालिकाले सुरक्षित रूपमा मास्क प्रयोग गर्न, धुन र प्रतिस्थापन गर्न सक्छन् भने, बालबालिका हालसालै उच्च जोखिममा भएकाहरूको सम्पर्कमा पुगेको छन् भने

    १२ वर्ष वा माथिका बालबालिकाले वयस्कले जसरी नै मास्क लगाउनेः – अपाङ्गता भएका बालबालिकाको हकमा सक्षमता र हित हेरेर मात्र मास्क लगाउने, दौडँदा, उफ्रँदा वा अरू खेलकुदमा सहभागी हुँदा मास्क नलगाउने, 

    कस्तो प्रकारको मास्क लगाउने ?
    बालबालिकाले नन मेडिकल तथा कपडाको मास्क लगाउन सक्छन् । मास्क लगाउन दिने व्यक्तिले सफा मास्क लगाउन दिनुपर्छ । साथै कपडाको मास्क बालबालिकाको अनुहार फिट हुने खालको दिनुपर्छ ।

    जसले नाक, मुख तथा चिउडो मजाले धाकियोस् । बालबालिका जो क्यान्सर तथा अरु रोगबाट जुधिरहेका छन् उनीहरुले मेडिकल मास्क लगाउनुपर्छ ।

    बालबालिकाले घरमै पनि मास्क लगाउनुपर्छ ?

    जो बालबालिका कोभिडको आंशकाको घेरामा छन् उनीहरुले मेडिकल मास्क घरमा पनि लगाउनुपर्छ । उनीहरुलाई आइसोलेट गरेर राख्नुपर्छ ।

    बालबालिकाले खेलकुदमा पनि मास्क लगाउनुपर्छ ?

    दौडँदा, उफ्रँदा वा अरु खेलकुदमा सहभागी हुँदा मास्क लगाउनुपर्दैन । बालबालिकाको लागि खेलकुदको आयोजना गर्दा सबैलाई एक मिटरको दुरी कायम गर्न, थोरै मात्र बालबालिका सहभागी गर्न तथा सरसफाइमा जोड दिन जरुरी छ ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार