साफ च्याम्पियनसिपको खेलतालिका परिमार्जन

साफ च्याम्पियनसिपको खेलतालिका परिमार्जन

  • भाद्र ५, २०७८ शनिवार
  • १८:४५:०६ बजे
  • 4.0K
    SHARES
  • साफ च्याम्पियनसिपको खेलतालिका परिमार्जन

    काठमाडौं : आगामी अक्टोबरमा माल्दिभ्समा हुने १३  औं संस्करणको साफ च्याम्पियनसिपको खेलतालिकामा हेरफेर भएको छ । यसअघि अक्टोबर १ देखि १३ सम्म हुने भनिएको साफ अब अक्टोबर १ देखि १६ सम्म हुनेछ ।

    परिवर्तिन खेलतालिका अनुसार अक्टोबर १ अर्थात असोज १५ गते उद्घाटन खेलमा नेपालले घरेलु टोली माल्दिभ्ससंग नै खेल्नेछ ।

     


    नेपाल पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा भएको साफमा सेमिफाइनलबाटै बाहिरिएको थियो । उपाधिको दाबेदार रहेको नेपाल सेमिफाइनलमा माल्दिभ्ससंग ३–० ले पराजित भएको थियो ।

    पछिल्लो साफपछि नेपाल र माल्दिभ्स साफमै फेरि भिड्न लागेका हुन् ।

    नेपालले खेल्ने अन्य खेलको मिति भने हेरफेर भएको छ । अब नेपालले दोस्रो खेल अक्टोबर ४ अर्थात असोज १८ गते श्रीलंकासंग खेल्नेछ ।

    यस्तै तेस्रो खेल भारतसंग अक्टोबर १० अर्थात असोज २४ गते खेल्नेछ भने चौथो खेल अक्टोबर १३ अर्थात असोज २७ गते बंगलादेशसंग खेल्नेछ ।

    भुटान र पाकिस्तान सहभागी नभएकोले यस पटक साफमा ५ टिमले प्रतिस्पर्धा गर्नेछन् र राउण्ड रोविन लिगका आधारमा खेल हुनेछ ।

    लिगपछि शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ । फाइनल अक्टोबर १६ अर्थात असोज ३० गते हुनेछ ।

    नेपालले साफअघि दशरथ रंगशालमा भारतसंग सेप्टेम्बर २ र ५ (भदौ १७ र २० गते) मा मैत्रीपूर्ण खेल खेल्दैछ ।

    सम्बन्धित समाचार