३९ वर्षीय रेखा : अभिनयमा हिट, राजनीतिमा फ्लप

३९ वर्षीय रेखा : अभिनयमा हिट, राजनीतिमा फ्लप

  • भाद्र ६, २०७८ आइतवार
  • १७:२८:२५ बजे
  • 6.8K
    SHARES
  • ३९ वर्षीय रेखा : अभिनयमा हिट, राजनीतिमा फ्लप

    अभिनेत्री रेखा थापा ३९ वर्ष लागेकी छन् । उनी २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी हुन् । कलाकर्मी, समकक्षी, साथीभाई लगायत थुप्रैले सामाजिक सञ्जालमार्फत उनलाई जन्मदिनको शुभकामना दिएका छन् । रेखाको पछिल्लो समय चलचित्र क्षेत्रमा अभिनेत्री, निर्माता र निर्देशकको परिचय बनेको छ ।

    फिल्म क्षेत्रमा उनलाई हिरोको, हिम्मतवाली र लेडी सिंघम भनेर समेत चिन्ने गरिन्छ । सौन्दर्य प्रतियोगिता हुँदै अभिनयमा भित्रिएकी रेखाले नरेश पौडेलको निर्देशन तथा छविराज ओझाको निर्माण रहेको चलचित्र ‘हिरो’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । २ सय हाराहारी चलचित्र अभिनय गरेकी उनले एक्सन अभिनेत्रीको छवि समेत बनाएकी छन् । धेरै हिट फिल्म दिएकी उनले हिराइनको कारणले पनि फिल्म चल्न सक्छ

    भनेर देखाउँदै हिरोको एकाधिकार समेत तोडेकी छिन् ।पत्रकारलाई हिर्काउनेदेखि पुष्पकमल दाहाल प्रचण्ड सँग नाचेर समय समयमा विभिन्न कारणले चर्चा रहन सफल अभिनेत्री रेखा अहिले भने एक्लो छिन् । केही वर्ष अगाडि निर्माता छविराज ओझासँग छुट्टिएर उनी एक्लै रहँदै आएकी हुन् ।

    चलचित्र क्षेत्रमा अभिनेता राजेश हमालदेखि निखिल उप्रेती, बिराज भट्ट, आर्यन सिग्देल लगायत धेरै अभिनेतासँग काम गरेकी रेखाको कुनैपनि हिरोसँग राम्रो सम्बन्ध लामो समय रहन सकेन । स्टारडमको घमन्ड गर्दै सबैसँग सम्बन्ध बिगारेकी रेखा पछिल्लो समय सम्बन्ध सुधार्नतिर लागेकी छन् ।

    चलचित्र क्षेत्रमा स्टारडम खस्कँदै जान थालेपछि राजनीति रोजेकी रेखा तत्कालीन समयमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग कम्मर मर्काउँदै माओवादी छिरेकी थिइन् ।  त्यसपछि उनी कमल थापाको विचार मनपर्यो भन्दै राप्रपा प्रवेश गरिन् । अहिले कमल थापा छोडेर उनी राप्रपाका अर्का नेता पशुपतिशमशेर राणा समूहतिर ढल्किएकी छन् ।

    यता र उता भौतारिने शैलीले उनको राजनीतिक करियर भने उभो लाग्न सकेको छैन । उनीसँगै राप्रपा छिरेकी गायिका कोमल ओली भने अहिले एमालेकी सांसद छिन् । केही अगाडि सरकारसँग वार्ता गर्दै शान्ति प्रक्रियामा आएका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँगै तस्बिर खिचाएको कारणले उनी चर्चामा छाएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # रेखा थापा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार