लाखौं लगानी गरेर निरयघाटमा माछा पालन 

लाखौं लगानी गरेर निरयघाटमा माछा पालन 

  • भाद्र १०, २०७८ बिहिवार
  • १८:२७:०९ बजे
  • 8.3K
    SHARES
  • लाखौं लगानी गरेर निरयघाटमा माछा पालन 

    नवराज परियार 

    बागलुङ : बागलुङ नगरपालिका—४ निरयघाटमा कालीगण्डकी माछा पालन तथा कृषि फर्म सन्चालनमा गरिएको छ ।

    काठेखोला गाउँपालिका—८ लेखानीको कादेश घर भएका ६० वर्षीय  लक्ष्मण पुनले उक्त फर्म सञ्चालन गरेका हुन् । ४५ लाखको लगानीमा सञ्चालनमा ल्याउको माछा फमैमा हाल ३ वटा पोखरी निर्माण गरी माछाको भूरा हालिएको छ ।  १४ रोपनी जग्जा भाडामा लिइ ४ वर्ष अगाडि सामुहिक रुपमा सञ्चालनमा ल्याईएको उक्त फार्म अहिले पुन एक्लैले सञ्चलान गरिरहेका छन् ।

    ‘चार वर्ष अगाडि हामीले सामुहिक रुपमा यसको सञ्चालन गरेका थियौं,’ उनले भने,‘समुहमा भने जस्तो भएन ।

    त्यसले गर्दा मैले एक्लै जिम्मा लिएको छु ।’ उनले १४ वर्ष कोरियामा बिताएका छन् । कोरियामा बस्दा आफुले गरेको मेहनत र दुःख सम्झेर आफ्नै गाउँ ठाउँमा केही गरौं भनेर लागेको उनी बताउँछन् । पुनको लक्ष्य राम्रो उद्यमी बनी स्वदेशमा नै राम्रो आम्दानी गर्ने हो ।

    हाल उनले परिवारका कसैलाई नि बिदेश नपठाउने योजना बनाएका छन् ।

    यो कर्ममा उनले परिवार र छोराछोरीबाट समेत साथ पाएका छन् । हालको उनलेको फर्ममा ग्रास, काब कमन, सिल्भर काब जस्ता ५ किसिमका माछा पाइन्छ । साथै  फममा लोकल कुखुरा, बट्टाइ, हाँस र गाई पनि पालेका छन ।

    फर्ममा पुग्ने ग्राहकलाई त्यहाँका अर्गाजनिक माछा लोकल हाँस र कुखुराका परिकार खुवाउने उनको योजना छ ।

    उनले मासिक ५० हजारको माछा विक्री गर्दै आएकोमा कोरोनाका कारण माछाको दाना ल्याउन नपाउँदा माछाको भूरा थप्न नपाएको बताए । अहिले पनि पुनको फर्ममका माछा, लोकल हाँस तथा कुखुरा खानका लागि मान्छे पुग्ने गरेका छन् । त्यसैबाट आम्दानीको स्रोत बढ्दै गएका कारण दुई अढाई लाख रुपैयाँ कमाउन विदेश जानु नपर्ने उनी बताउँछन् ।

    उनले छोरालाई पनि यसैमा आवद्ध गराउने योजना बनाएका छन् । 

    सम्बन्धित समाचार