‘म यस्तो गीत गाउँछु’ मा वर्षाको रोमान्स (भिडियाेसहित)

‘म यस्तो गीत गाउँछु’ मा वर्षाको रोमान्स (भिडियाेसहित)

  • भाद्र १३, २०७८ आइतवार
  • ०७:३७:३१ बजे
  • 6.2K
    SHARES
  • ‘म यस्तो गीत गाउँछु’ मा वर्षाको रोमान्स (भिडियाेसहित)

    गायक सुगम पोखरेल र गायिका सुष्मा विश्वकर्माको स्वरमा समावेश ‘म यस्तो गीत गाउँछु’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा सत्यराज चौलागाँइको शब्द, सरोज प्याकुरेलको संगीत छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । यो गीतको भिडियोमा कलाकार राज कटुवाल र

    नायिका वर्षा सिवाकोटीले मोडलिङ गरेका छन् । गीतले एक यूवक र एक यूवतीविचको प्रेम र वाचाको कथा भन्छ । भिडियोमा केही महिनादेखि प्रेम सम्बन्धमा रहेका राज र वर्षाको अभिनयले पनि अझै सुन्दरता थपेको छ । यो गीतको भिडियोेलाई रामजी लामिछानेले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

    भिडियोमा सौरभ लामाकोे छायांकन, अर्जुन जीसीको सम्पादन छ । लामिछानेले भिडियोमा वर्षा र राजलाई रोमान्टिक शैैलीमा प्रस्तुत गरेका छन् । गीत जस्तैै भिडियोे पनि फिल्मी लाग्छ । भिडियोमा रेनिश फागोको कलर, सुरेश काफ्लेको ड्रोन, सरोेज पाण्डे र हरि काव्या थापाको मेकअप छ ।

    भिडियोमा मुख्य सहायक छायांकारको रुपमा इश्वर सिन्केमान र हिमाल श्रेष्ठले काम गरेका छन् भने सहायक कोरियोेग्राफरको रुपमा निर्मल खत्री र दीपक सीकेले काम गरेको छन् । भिडियोका प्रोडक्शन डिजाइनर सुदिप ढकाल हुन् ।

    भिडियाे हेर्न याे लिङ्क क्लिक गर्नुहाेस्


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार