पहिरोमा परी एक महिलाको मृत्यु, ३ गम्भीर 

पहिरोमा परी एक महिलाको मृत्यु, ३ गम्भीर 

  • भाद्र १४, २०७८ सोमवार
  • ०७:०१:१७ बजे
  • 7.2K
    SHARES
  • पहिरोमा परी एक महिलाको मृत्यु, ३ गम्भीर 
    फाइल तस्बिर

    वालिङ : पहिरोले पुरिएर स्याङजाको  राम्दीमा एक महिलाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ राम्दी बजारमा आइतबार घरमाथिबाट ठूला ढुङ्गासहित आएको पहिरोले घर पुरिएर वालिङ नगरपालिका वडा नम्बर १४ की ४० वर्षीया धनमाया उम्राको मृत्यु भएको

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए । उनका अनुसार गुल्मीको छत्रकोट वडा नम्बर  ५ की लक्ष्मी बस्नेतले सञ्चालन गर्दै आएको होटलमा बसेका बेला माथिबाट आएको पहिरोले पुरिएर उम्राको मृत्यु भएको हो । कालीगण्डकी नदीको किनारमा रहेको

    उक्त स्थान धार्मिक महत्वको क्षेत्र भएकाले टाढा-टाढाबाट त्यहाँ दर्शनका लागि पुग्ने गरेका छन् । उम्रा पनि पूजाआजाका लागि राम्दीमा आएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । पहिरोमा पुरिएर होटल सञ्चालक ३७ वर्षीया लक्ष्मी बस्नेत, रुपन्देही सैनामैना वडा नम्बर १ का १६ वर्षीय शिशिर योगी र

    अर्का पहिचान नखुलेका एक जना पुरुष गरी तीन जना गम्भीर घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि गल्याङस्थित नगर अस्पतालमा ल्याइँदै गरे पनि बीचमा पहिरोका कारण सडक अवरुद्ध भएकाले अस्पताल पुर्‍याउन कठिनाइ भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

    पहिरोका कारण बस्नेत र स्थानीयवासी दीपेन्द्र श्रेष्ठको घर पूर्ण रुपमा क्षति भएको छ । राम्दीमा रहेको प्रहरी चौकी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

  • सम्बन्धित विषय:

  • # बाढी पहिरो

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार