कोरोनाविरुद्धको खोप लगाएका चिनियाँ कामदार नेपालमा

कोरोनाविरुद्धको खोप लगाएका चिनियाँ कामदार नेपालमा

  • पौष १३, २०७७ सोमवार
  • ०७:१७:५६ बजे
  • 3.5K
    SHARES
  • कोरोनाविरुद्धको खोप लगाएका चिनियाँ कामदार नेपालमा

    काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन् ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार नेपाल आइपुगेका हुन् । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् ।

    चीनमा देश बाहिर जाने आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाई एक महिना आराम गर्ने अवधि पुरा गरेपछि मात्रै जान दिइने व्यवस्था गरिएको छ ।

    सरकारी प्रावधान पूरा गरी चिनियाँ कामदार नेपाल आएका हुन् । उनीहरुले संक्रमणलाई ध्यान दिई पीपीई, मास्क लगाएरै नेपाल प्रवेश गरेका छन् र कार्यस्थलसम्म नपुग्दा सम्म उच्च सुरक्षा सावधानी अपनाउने बताइएको छ ।

    यसरी चीनबाट सुरक्षा सावधानीका साथ नेपाल प्रवेश गरेसँगै अन्य देशबाट पनि कोरोना खोप लगाइ नेपाल आउने बाटो खुल्ला भएको छ ।

    कोरोना खोप लगाएका कुनैपनि विदेशी नागरिक नेपाल भित्रिने क्रम बढेमा आगामी दिनमा पर्यटन क्षेत्रपनि लयमा फर्किने पर्यटन व्यवसायीहरु बताउँछन् ।

    चीनबाट यसपटक कोरोना विरुद्धको खोप लगाएका ५२ जना कामदार नेपाल आएका हुन् । थप कामदार पनि कोरोना खोप लगाएर नेपाल आउने बताइएको छ ।

    सम्बन्धित समाचार