सासूको हत्या गर्ने बुहारी पक्राउ, यसरी भएको थियो हत्या

सासूको हत्या गर्ने बुहारी पक्राउ, यसरी भएको थियो हत्या

  • पौष १३, २०७७ सोमवार
  • ०७:४७:१७ बजे
  • 5.3K
    SHARES
  • सासूको हत्या गर्ने बुहारी पक्राउ, यसरी भएको थियो हत्या

    जनकपुरधाम : सिराहामा आफ्नै सासुको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका-३ की ३५ वर्षीया मन्जुदेवी साह रहेकी छन् ।

    गत कात्तिक ११ गते आफ्नै कान्छो छोरा रामअवतार साह र बुहारी मन्जुले बोक्सीको आरोप लगाएर कुटपिट गर्दा ८५ वर्षीया सुदामादेवी घाइते भएकी थिइन् ।

    छोरा र बुहारीको कुटाइबाट घाइते भएकी सुदामादेवीलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो ।  दुई दिनको उपचारपछि उनलाई घरमै ल्याइएको थियो ।

    तर कात्तिक १५ गते उनको स्वास्थ्य पुनः बिग्रिएपछि सिराहा जिल्ला अस्पताल लग्ने क्रममा बाटोमा नै मृत्यु भएको थियो । घट्ना लगत्तै प्रहरीले छोरा रामअवतारलाई नियन्त्रणमा लिएको थियो भने बुहारी मन्जु भने फरार भएकी थिइन् ।

    इलाका प्रहरी कार्यालय मिर्चेयाबाट खटिएको टोलीले मन्जुदेवीलाई कर्जन्हा ३ स्थित उनकै घरबाट आइतबार नियन्त्रणमा लिएको सिराहा प्रहरी प्रबक्ता शालिग्राम शर्माले बताए ।

    पक्राउ परेकी मन्जुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # सासूको हत्या
  • # बुहारी पक्राउ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार