बाढी/पहिराे

बाढीले सडक बगाउँदा पश्चिम बागलुङको जनजिवन प्रभावित

बाढीले सडक बगाउँदा पश्चिम बागलुङको जनजिवन प्रभावित

  • भाद्र २१, २०७८ सोमवार
  • ०७:२४:२४ बजे
  • 11.8K
    SHARES
  • बाढीले सडक बगाउँदा पश्चिम बागलुङको जनजिवन प्रभावित

    बुर्तिबाङ : निरन्तर वर्षाको कारण बडिगाड खोलामा आएको बाढीले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोक मार्ग अन्तरगतको बागलुङ–बुर्तिबाङ सडक खण्डको तुरतुरेमा खण्ड बाढीले सडक बगाउँदा आवताजावत थप्प भएको छ । 

    सडक अवरुद्ध हुँदा पश्चिम बागलुङको जनजिवन प्रभावित बनेको छ । बाढी कारण सडक पूर्ण रुपमा अबरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन केही समय लाग्स्थानीयको भनाई छ । पश्चिम बागलुङको लाइफलाइनका रुपमा रहेको यस सडक अवरुद्ध हुँदा निसी, भूजी र तमान क्षेत्रका जनता मर्कामा परेका छन् । 

    No description available.

    त्यस्तै सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत ढोरपाटन ९ बोबाङ क्षेत्रका विभिन्न स्थानमा बाढीले सडक बगाएपछि उक्त सडक खण्ड पुनः अवरुद्ध भएको छ । दुई साता अगाडी पनि यो सडक खण्ड अवरुद्ध बनेको थियो । तमानखोलामा यस वर्षकै अत्याधिक मात्रामा आएको बाढिले

    तमानखोला गाउँपालिका अन्र्तगत खुङ्खानी, बोङगादोभान लगाएतका ग्रामीण क्षेत्रका अधिकांश सडक बाढि पहिरोका कारण अवरुद्ध बनेका छन् । सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल ल्याउन समेत समस्इा परेको बताइएको छ ।

    सोमबार राती करिब २ बजेदेखि बडिगाड खोलामा आएको बाढिका कारण बुर्तिबाङ बजार लगायत तल्लो तटिय क्षेत्रका बासिन्दा त्रसित भएका छन् । 


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार