दुर्घटना

बुर्तिबाङमा पिकअप र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

बुर्तिबाङमा पिकअप र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

  • भाद्र २३, २०७८ बुधवार
  • ०९:४५:५८ बजे
  • 9.6K
    SHARES
  • बुर्तिबाङमा पिकअप र मोटरसाइकल ठोक्किँदा एक जना घाइते
    तस्बिर : लोकेन्द्र निरासीको फेसबुकबाट

    बागलुङ : बागलुङको बुर्तिबाङमा पिकअप जिपले मोटर साइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् । ढोरपाटन नगरपालिका वडा नम्बर १ पेट्रोल पम्प नजिक विपरित दिशाबाट  आएको ग २ च ७६६७ नम्बरको  पिकअप जिपले ग ५ प १९९९ नम्बरको को मोटर

    साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रोहित थापा घाइते भएको प्रहरीले जनाएको छ । थापाको शरिरको विभिन्न भागमा चोट लागेको हो उनलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

    यो पनि पढ्नुहोस्
    कोरोना संक्रमणबाट बागलुङमा २० वर्षीया युवतीको मृत्यु
    बागलुङमा कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट गलकोट नगरपालिका वडा नम्बर ५ की २० वर्षीया युवतीको युत्यु भएको स्वास्थ्य कार्यालय

    बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि भदौ १७ गते एन्टिजेन परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोभिडसँगै निमोनिया र ब्लड क्यान्सरको समस्या रहेको फोकल पर्सन घिमिरेले बताए ।

    योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । पछिल्लो समय संक्रममणको दर केही कम भए पनि जोखि भने उत्तिकै रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार